साप्ताहिक संवाददाता
सधैं त्यही रोनाधोना, त्यस्तै कथा, फिल्मको नाम मात्र अलग । नयाँपन भन्ने केही छैन अनि हेर्न पनि कसरी मन लागोस् त ?
सुरज बान्तवा
कतै ओभर एक्टिङ त कतै कथा उछिट्टिएर कतै भाग्ने । अनि नाक नखुम्च्याएर के गर्ने त ?
सुजन श्रेष्ठ
अब त डर लाग्न थाल्यो गाँठे ! कतै नेपाली मुभी राम्रो छैन भनिइहालियो भने हनुमानढोकामा जाक्लान् भन्ने डर भो । बरु नेपाली फिल्म नै नहेर्नु बेस ।
पिन्सा शेर्पा लक्की
जमाना कहाँ पुगिसक्यो, त्यही पहिले गाउँघरतिर नाटक देखाको पाराले फिलिम बनाएपछि नाक–निधार सबै खुम्चिहाल्छ नि ।
आशिष मोक्तान
अभिनय र निर्देशन त ठिकै हो, बिस्तारै सुध्रिन्छ तर फिलिमको कास्टिङ नै झुर हुन्छ, कलाकारहरूको चयन पटक्कै मिलेको हुँदैन, कसरी हेर्नु ?
मोहन केएच
जबसम्म भिलेनले हिरोलाई ‘को होस् तँ’ भन्दा हिरोले ‘तेरो बाउ’ भन्ने प्रकृतिका संवाद रहन्छन्, तबसम्म नेपाली फिल्मको हालत यस्तै हो ।
मनोज अधिकारी
झोले पत्रकारहरूको ब्याड रिभ्युले गर्दा हो ।
राजेन्द्र श्रेष्ठ
नायक भनेको त समाज परिवर्तन गर्ने, समाजका दुष्टहरूलाई जरैदेखि नष्ट गर्ने व्यक्ति हो तर यहाँ त नायकको काम नायिका फकाउने मात्र हुन्छ ।
लभ सन
जे–जस्तो भए पनि नेपाली सिनेमालाई माया त गरिन्छ तर जुनसुकै सिनेमामा पनि बलात्कारको सिन हुन्छ । त्यस्ता चलचित्र परिवारसँग बसेर हेर्न लायक हुँदैनन्, त्यसैले होला ।
धीरज कार्की
नेपाल गरिब भयो, नेपाली गरिब भए, पहिले खान–लाउन पुग्नुपर्छ । त्यसपछि मात्र मनोरन्जनको कुरा आउँछ । वाहियात फिल्म हेरेर पैसा र समय कसले बर्बाद गर्छ ?
हँसाउने मान्छे
क्वालिटी छैन । कथा त तिनै हुन् जताका पनि । उही कथामा बलिबडबाट कस्ता जोडदार प्रस्तुति आउँछन तर हाम्रो ...? त्यही गुणस्तर दिन नसक्नु नै नाक खुम्च्याउनुपर्ने बाध्यता हो ।
मास्टर जेबी गाउँले
न राम्रो कथा, केवल ट्रेलर र टाइटल सङले मात्र मानिसहरूलाई सिनेमा हलसम्म आकर्षिक गर्छ । हामी जनता पनि विदेशी कुरा बढी हेर्छौं, त्यहींको पहिरन कपी गर्छौ । अब हलिउड–बलिउड सिनेमासँग नेपाली सिनेमाको तुलना कसरी गर्न सकिन्छ र ?
एडी सुमन
राज्यले चलचित्र क्षेत्रमा उचित लगानी नगरेर पनि हो । राज्यले चलचित्रकर्मीहरूलाई हौसला दिन फिल्म क्षेत्रमा लगानी गर्नुपर्छ । उचित नीति–नियम ल्याउनुपर्छ । दलीय आधारमा पद बाँडफाँड गर्नु हुँदैन । हाम्रा कतिपय चलचित्र प्रशंसनीय पनि छन् ।
किशोर पुमा राई
कथा, निर्देशन र छायांकन बीच तालमालनमिल्नु हो खासमा ।
सुवेदी मनी
पैसाजति हिरोलाई, त्यो पनि जसलाई अभिनय के हो था’छैन अनि कथाचाहिँ अर्कै फिल्मबाट साभार । अब एकचोटी हेरिसकेको फिल्म फेरि किन हेर्नु ?
प्रोग्रेस श्रेष्ठ
कथा हुन्छ पूरै हिन्दी फिल्मको नक्कल, अभिनय हुन्छ बाख्राको पाठो उफ्रिएजस्तो । सहरलाई मात्र केन्द्र बनाएर सम्पन्न परिवारका छोराछोरीको मात्र प्रेम–कहानी प्रस्तुत गरिन्छ, त्यो पनि त्रिकोणात्मक । नाच्न जान्नु छैन, हिरो–हिरोइन रे, अनि कहाँ हेर्नु त यस्ता झारपात फिल्म ।
दीपक तामाङ
अब हलिउडको त कुरै छोडौं, त्यही बलिउड चलचित्रको विषयवस्तुसमेत कस्तो युनिक र फरक भैसक्यो । हामी भने प्रायः सधैं एकै खालको अक्कलबिना नक्कल गर्नेतिर लाग्छौं अनि कहाँ हुन्छ त ? हाम्रा यहींका अर्ग्यानिक विषयवस्तुहरूमा राम्रो रिसर्च गरेर फिल्म बनाउनु पर्यो नि ।
अमित भट्टचन
सामान्य कथा त्यसमा फितलो प्रस्तुतीकरण । सायद लगानी अभावले होला, फिल्म हेरेपछि रियलजस्तो लागोस्, त्यो पनि हुँदैन । एक त नेपालमा मुख्य सहरबाहेक अरू ठाउँमा हल पनि छैनन्, अर्को हलसम्म पुगेर फिल्म हेर्ने चलन पनि छैन । पहाडी भू–भागमा फिल्म हेर्ने–घुम्ने वातावरण नै हुँदैन, त्यसैले मानिसहरू हलसम्म पुग्दै–पुग्दैनन् ।
प्रेम पोर्तेल
विषयवस्तु गहकिला हुँदैनन्, डायलग पनि कसले लेख्छन् त्यस्तो ? अरूलाई शिक्षा–दीक्षा दिएको चलचित्र कहिलेसम्म हेर्ने ?
प्रेम पुनमगर