साप्ताहिक संवाददाता
असार ९, २०७६
कम्तीमा १२ वटा विभिन्न जनावरसँग यौनक्रीडा गरेको आरोपमा तीनजना युवकले कठोर सजाय पाएका छन् । आरोपीहरूले घोडा, बाख्रा, गाई तथा कुकुर आदि जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा उनीहरूलाई २० देखि ४१ वर्षसम्मको सजाय सुनाइएको छ ।
समाचारअनुसार ३१ वर्षका म्याथ्यु रुबेकर, ३४ वर्षका मार्क मिसनिकोफ तथा ४१ वर्षका टेरी वालेसले अमेरिकाको पेनसिल्भानियास्थित क्लिअरफिल्ड काउन्टीमा उक्त अपराध गरेका हुन् । अदालतमा उनीहरूले जनावरमाथि आफूहरूले यौनक्रीडा गरेको कुरा स्वीकार गरेका थिए ।
अनौठो त के भने ती अभियुक्तले जनावरसँगको आफ्नो दुराचारको भिडियोसमेत बनाएर बेच्ने गरेका थिए । जनावर अधिकारकर्मीहरूले यो घटना जनावरविरुद्ध यौन हिंसाको सबैभन्दा खराब घटना भएको बताएका छन् ।