साप्ताहिक संवाददाता
असार ९, २०७६
भारतीय सिनेमाको इतिहासमा सर्वाधिक सफल बाहुबली सिरिजका अभिनेता प्रभास अब बलिउड चलचित्रमा देखापर्ने भएका छन् ।
बलिउड डेब्यु चलचित्र साहोको टिजर सार्वजनिक भएपछि सँगै प्रभासको चर्चा पनि चुलिएको छ ।
साहोको उक्त टिजरमा प्रभाससँगै श्रद्धा कपुर पनि छिन् र उनीहरूको केमेस्ट्रीको चर्चाले यतिबेला बलिउडको गसिप बजार तातेको छ ।