साप्ताहिक संवाददाता
सन् २००९ मा युवापुस्तालाई लक्षित गर्दै दरबारमार्गको उत्तरढोकामा एटिक रेस्टुराँ खुलेको थियो । त्यसपछि एटिक टंगालमा सर्यो । १० वर्षपछि त्यही एटिक ज्ञानेश्वरको फराकिलो स्पेशमा झन्डै ५ करोड हाराहारीको लगानीमा खुलेको छ । अहिले एटिकले परिवार र कर्पोरेट क्षेत्रलाई लक्षित गरेको छ ।
‘नयाँ ठाउँमा सिफ्ट भएपछि हामीले पहिले देखिएका समस्याहरू सुधार्ने प्रयास गरेका छौं,’ सञ्चालक रेमनदास श्रेष्ठ भन्छन् । अहिलेको एटिकको क्षमता २ सय ६५ जना छ । एटिकको मेनुमा पनि विविधता ल्याइएको छ । ‘हामीले अहिले खानामा बढी फोकस गरेका छौं, नेपाली तथा इन्डियनबाहेक अन्य कन्टिनेन्टल फुड पनि सर्भ गर्छौं,’ श्रेष्ठले भने ।
एटिकको सबैभन्दा चर्चित फुड बफ सुकुटी च्युरा हो, जसको प्रतिप्लेट ४ सय २५ रुपैयाँ पर्छ । यस्तै, अन्य चल्तीका फुड रोयल आलु ४ सय ५०, एटिक चिकेन चप ५ सय ६०, चिकेन बिरयानी ६ सय २०, मटन विरयानी ८ सय ८० रुपैयाँ प्रतिप्लेटमा उपलब्ध हुन्छन् । यो मूल्यमा ट्याक्स समेत समावेश छ । एटिकले अकेजन्ली इभेन्टहरू पनि गरिरहेको हुन्छ ।
ज्ञानेश्वरको एटिकमा मिटिङ रुम, ५० देखि ७० जनासम्म अट्ने हल, फराकिलो पार्किङ स्पेश जस्ता सुविधा पनि छन् । ‘हामी वर्थ डे पार्टीका साथै २ सय ५० जना सम्मको विवाह नै गराउने क्षमता छ– रेमनले झने । विवाह कार्यक्रमका लागि रेस्टुराँले आइतबार, सोमबार र मंगलबार मात्र बुकिङ लिने गरेको छ । शुत्रबार र शनिबार एटिकले विवाहको बुकिङ भने लिँदैन ।