साप्ताहिक संवाददाता
असार १०, २०७६
अमेरिकाको लस एन्जेल्सस्थित स्टार्टअप कम्पनी डिभरजेन्ट थ्रीडीले थ्रीडी प्रिन्टिङ प्रविधिबाट हाइपर कार तयार पारेको छ । ब्लेड नामक उक्त हाइपर कारमा एरोस्पेस उद्योगमा प्रयोग गरिने प्रविधि प्रयोग गरिएको छ ।
यो कारले शून्यदेखि १ सय किलोमिटरको गति लिन दुई सेकेन्ड मात्र लगाउँछ । ब्लेडले ७३० एचपीको पावर दिन्छ । यसको बडी एरोस्पेस ग्रेड कार्बन फाइबर तथा आल्मुनियम अलोयबाट बनेको छ । यसमा फोर ह्विल ड्राइभ उपलब्ध छ ।
थ्रीडी प्रविधिबाट बनेको यो कारको च्यासिसको तौल ४६ किलोग्राम मात्र छ । पारम्पारिक कारको च्यासिसको तुलनामा यो ९० प्रतिशत कम हो । यसको डिजाइन धेरै दृष्टिकोणले विमानबाट प्रेरित छ । यसको क्याबिन जेट प्लेनको जस्तो भएको बताइन्छ ।