साप्ताहिक संवाददाता
कवि हेम प्रभासको कविता ‘परदेश गएका पतिको नाममा’ यो वर्षको कविता ममहोत्सवमा प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औँ राष्ट्रिय कविता महोत्सवमा कवि हेम प्रभासको कविता प्रथम घोषित भएको हो ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नै सभाहलमा सम्पन्न गरेको प्रतियोगीतामा धादिङका प्रभास प्रथम हुँदा डोटीका सुभाषचन्द्र भण्डारीले दोस्रो स्थान हासिल गरे । उनको ‘किनाराका अलिखित संवेगहरु’ शीर्षकको कविताका लागि भण्डारीलाई द्वितीय घोषणा गरिएको हो ।
यस्तै लमजुङका प्रज्वल अधिकारी उक्त प्रतियोगीतामा तृतिय हुन सफल भएका छन् । उनको ‘पाठशाला’ शिर्षकको कवितालाई तृतिय घोषणा गरिएको हो ।
यस्तै तृतिय स्थानमै सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौंका प्रकाश बस्नेत गफाडी पनि आउन सफल भएका छन् । उनीहरुको क्रमशः ‘उज्यालोको गीत’ र ‘इन्द्रधुनष’ शिर्षकका कविताका लागि तृतिय घोषित भएका हुन् ।
प्रतियोगीतामा उत्कृष्ठ ३१ कविले आफ्ना रचना वाचन गरेका थिए ।