साप्ताहिक संवाददाता
असार १०, २०७६
एउटी साधारण युवती एसिड आक्रमणको सिकार भएपछि उनले गरेको असाधारण संघर्षको कथामा आधारित छपाकको छायांकन सम्पन्न भैसकेको छ ।
चलचित्रको मुख्य भूमिका निर्वाह गरेकी दीपिका पादुकोणले चलचित्रको टिजर सार्वजनिक गर्दै चलचित्र उत्कृष्ट बनेको दावी गरेकी छिन् ।
टिजरसँगै दीपिकाले चलचित्रमा आफूले गरेको मेकअपको कथा पनि सार्वजनिक गरेकी छिन् । टिजरसँगै सार्वजनिक भएको दीपिकाको छपाक लुक यतिबेला मिडिया हाइलाइटमा छ ।