साप्ताहिक संवाददाता
नेपालका संगीतकर्मी निर्वाण विष्ट सन् २०१५ मा सबैभन्दा छिटो गितार बजाएर वर्ल्ड रेकर्ड राख्न सफल भए । विष्ट १६ वर्षको उमेरमा ‘लाइट अफ द बेम्लेबी’ गीतमा प्रति मिनेट १ हजार ६ सय बिटमा गितार बजाएर विश्वमै सबैभन्दा तीव्र गतिमा गितार बजाउने व्यक्ति भएका थिए ।
अमेरिकाका पल ग्रिन र म्यान डे नेल्सनले १ मिनेटमा १८ वटा होली डे गीत गाएर विश्व कीर्तिमान राखेका थिए ।
सन् २०१६ मा जुलियन रुक तथा इम्लि रोजले अमेरिकाको क्यालिफोनियामा १६ दिने लामो कन्सर्ट सम्पन्न गरे । यो नै संगीतको सबैभन्दा लामो कन्सर्ट हो ।
जिज कार सेयर २४ घण्टामा २४ वटा कन्सर्ट गरेर विश्व कीर्तिमान बनाउन सफल व्यक्ति हुन् ।
पिक्स पिक माउन्टेनमा कन्सर्ट गरेर अमेरिकाका चेरिस करावाले विश्व कीर्तिमान बनाए । उनले समुद्री सतहभन्दा १४ हजार १ सय ११ फिट माथि उक्त कन्सर्ट सम्पन्न गरेका थिए ।
इरानकी चार वर्षिया बालिका अभा सदगिफोर चर्चित पियानिस्ट तथा भोकलिस्ट हुन् । अभाले १ हजार मानिसका बीच पर्फम गर्दै सन २०१५ मा विश्व कीर्तिमान बनाएकी थिइन् ।
मलेसियाका किनान्हो ले ३१ वटा मेटालिक गीत ३० सेकेन्डमा गाएर सन २०१७ मा विश्व कीर्तिमान कायम गरे ।
चीनका छिउलिन चाङले सबैभन्दा लामो समय आवाज निकाल्ने विश्व कीर्तिमान राखेका छन् । उनले २ मिनेट ५२ सेकेन्डसम्म शरीरबाट आवाज निकालेका थिए ।
भारतकी गौरी मिश्र सबैभन्दा लामो समय पियानो बजाउने कम उमेरकी बालिका हुन् । उनले लगातार १ घण्टा २ मिनेट ५४ सेकेन्ड पियानो बजाएर विश्व कीर्तिमान खडा गरेकी थिइन् ।
अमेरिकाका गिलेन हउस्टन सबैभन्दा छिटो बाँसुरी बजाउने व्यक्ति हुन । उनले १ मिनेट ४ सेकेन्डसम्म सबैभन्दा छिटो ए जि मेजर स्केलमा बाँसुरी बजाएर विश्व कीर्तिमान राखेका थिए ।