साप्ताहिक संवाददाता
असार ११, २०७६
गायक हेमन्त रानाको ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । ‘साईली’को सफलताको लामो समय पछि गायक रानाले आफ्नै शब्द संगीतमा ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा विशाल पौडेलको संगीत संयोजन रहेको छ ।
माया प्रेमको भाव बोकेको गीतको म्यूजिक भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन् ।
यसै गरी गीतको भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ । एक चोटि देख्दैमा अनि यथार्थ नबुझेरै माया बसेको सोच्ने आजका युवापुस्ता माथिको मिठो व्यङ्ग्य समेटेर गीतको भिडियो निर्माण गरिएको छ ।
‘माया बस्यो है’को म्यूजिक भिडियो :