साप्ताहिक संवाददाता
असार ११, २०७६
राजेश हमालको रुचि साहित्यमा पनि छ । हमाललाई कविता मन पर्छ । यसपालि पोखरा आगमनका क्रममा उनले कविशिरोमणि लेखनाथको जन्मस्थल अर्घौं अर्चलेका बारेमा जानकारी पाए । त्यसपछि त्यहाँ नपुगी उनको मनै मानेन ।
हमाल केही साथीसँगै हान्निए पोखरा महानगरपालिका वडा नम्बर २७, अर्घौ अर्चलेस्थित कविशिरोमणि लेखनाथ पौडेलको जन्मघरतर्फ । त्यहाँ पुगेर उनले लेखनाथको जन्मघर र म्युजियम अवलोकन गरे । हमालले त्यहाँ कविको घरवरपर कुदिएका कविता वाचन गरे ।
हमालले त्यहाँ राखिएका कविता श्लोक हाल्दै आफ्नो आवाजमा उच्चारण मात्र गरेनन्, त्यसको अर्थसमेत बताए । ठ्ट्यौली पाराले उनले गरेको कविताको व्याख्याले उपस्थितहरूमा हाँसोको फोहरा समेत छुटाउँथ्यो । कुराकानीका क्रममा हमालले लेखनाथको जन्मघरमा पुग्न पाएकोमा गर्व लागेको बताए ।