थोरै नेपाली चलचित्रले मात्रै हङकङमा दर्शक पाउँछन् । नेपाली चलचित्रको खस्कदो गुणस्तर र नेपालमा गरिने चलचित्रको रिभ्यूका कारणले पनि हङकङमा प्रदर्शनका लागि थुप्रै चलचित्र पुगे पनि दर्शक हलसम्म जाँदैनन् ।
तर, नेपालको सफल प्रदर्शनपछि हङकङमा प्रर्दशन गरिएको चलचित्र ‘ए मेरो हजुर ३’ ले हङकङेली दर्शकको राम्रो साथ पाएको छ । चलचित्र हेरेर त्यहाँका दर्शकले प्रशंसा गरेका छन् ।
चलचित्रको लोकेशन, गीत/संगीत र यसै चलचित्र मार्फत रजतपटमा उदाएकी अभिनेत्री सुहाना थापाको अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरेका छन् ।
अभिनेत्री झरना थापाको निर्माण र निर्देशनमा निर्मित चलचित्रको प्रतिक्रिया बुझ्न र हङकङेली दर्शकहरुसँग साक्षात्कारका लागि चलचित्रकी निर्देशक तथा डेब्यु अभिनेत्री सुहाना थापा हङकङ आएका थिए ।
पहिलो चलचित्रबाटै बलियो सम्भावना देखाएकी सुहाना थापा र करिब दुई दशकदेखी निरन्तर चलचित्रमा आफ्नो अभिनय जादु देखाएकी झरना थापासँग भेट्ने र फोटो खिच्नेहरुको लस्करले चलचित्रसँगै उनीहरुको क्रेज पनि गजब देखियो ।
झरना भन्छिन् ‘छोरीको प्रशंसकहरुसँगै मैले आफ्नो प्रिय फ्यानहरु पनि पाए, भाग्यमानी महशुस भएको छ । गौरब बम ठकुरीको प्रस्तुतीमा हङकङमा प्रर्दशन गरिएको चलचिक्रलाई लोकराज आङबुहाङ, रजिन मगर र लिलेश्वरी खड्काले संयुत्तरुपमा आयोजना गरेका हुन् ।