आत्महत्याका लागि प्रेरित गर्ने गीत

- साप्ताहिक संवाददाता

असार ११, २०७६

मानिसहरू प्रायः मन बहलाउन संगीत सुन्छन् । खुसी हुन गीत सुन्छन् । एक्लोपन मेटाउन गीत सुन्छन् । यद्यपि विश्वमा एउटा त्यस्तो गीत पनि छ, जुन सुनेर धेरै जनाले आत्महत्या गरेका छन् । करिब ६३ वर्षसम्म प्रतिवन्धित ऊक्त गीत सुन्ने व्यत्तिहरूले आश्चर्यजनक ढंगले आत्महत्या गरेका थिए । उक्त गीत सन् १९३६ मा हंगेरीका पियानोवादक रिजो सेरिसल तयार पारेका हुन् जसको शीर्षक छ– ग्लूमी सन्डे । यो गीत सार्वजनिक भएलगत्तै अधिकांश श्रोताले यसलाई मन पराए । 

छोटो समयमै गीतले चर्चा समेत पायो । यद्यपि केही समयपछि नै परिस्थितीले बेग्लै रुप ग्रहण गर्‍यो । जो कसैले उक्त गीत सुन्थ्यो, उसलाई आफ्नै पीडा महसुस हुन थाल्यो । फलस्वरुप, उसले आत्महत्या गर्ने अवस्था सिर्जना भयो । यो गीत सुनेर सबैभन्दा पहिले बर्लिनमा आत्महत्या गरिएको घटना सार्वजनिक भयो । त्यहाँ एक जना युवकले गीत सुनेपछि आफैंलाई गोली हानेका थिए । 

न्यूयोर्कमा एक वृद्धले यही गीत सुनेपछि सातौं तल्लाबाट हाम फालेका थिए । विश्वका विभिन्न देशमा आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेपछि उक्त गीतमाथि प्रतिवन्ध नै लगाइयो । करिब ६३ वर्षसम्म प्रतिबन्धित भएपछि उक्त गीत सन् २००२ मा मात्र खुल्ला भएको हो । उक्त गीत गायक रिजो सर्सीले गाएका जसमा गायककै जीवनी तथा उनको पीडादायक प्रेम कथा चित्रित छ । यसलाई ‘हंगेरियन सूसाइड सङ’ पनि भनिन्छ । 

प्रकाशित :असार ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्