साप्ताहिक संवाददाता
असार ११, २०७६
काठमाडौं
चलचित्र ‘प्रेम गीत ३’ का लागि बाल कलाकार अनुभव रेग्मी अनुबन्धित भएका छन् । उनी चलचित्रमा प्रेमको बाल्यअवस्थाको भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायत यसअघि फाइनल भएका छन् ।
मुख्य अभिनेता, अभिनेत्री तथा अर्का एक बालकलाकार फाइनल भएपनि घोषणा भने केहि समयपछि गरिने निर्माता सेनले वताए ।
आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो चलचित्र १ सयवर्षअघिको स्टोरी हो । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर प्रर्दशनमा आउने छ ।