अब सेक्स वा यौनिकता (प्राकृतिक लिंग) र जेन्डर वा लैंगिकता (सामाजिक लिंग) का बारेमा छोटो बहस गरौं । जन्मदा हामी महिला वा पुरुष भएर जन्मियौँ, त्यो हाम्रो सेक्स हो । यसले आधारभूत अंग–प्रत्यंगको भिन्नता दर्साउँछ ।
उन्नाइसौं शताब्दीको अन्त्यसम्म पनि महिलाहरूलाई सामाजिक जीवनबाट खासगरी राजनीति, शिक्षा तथा अरू विभिन्न प्रतिष्ठित पेसाबाट वञ्चित गरिन्थ्यो । हिन्दू धर्ममा सृष्टिकर्ता, पालनकर्ता र संभारकर्ता तीनवटै देवता ब्रह्मा, विष्णु र महेश्वर पुरुष अवतारका रूपमा चिक्रित छन् । त्रिश्चियनमा महिला (हब्बा) लाई पुरुष (एडम) को करङको एउटा अंशका रूपमा व्याख्या गरिएको छ । महिला र पुरुषका बारेमा अरस्तूको पालामा एउटा चर्चित अवधारणा स्थापित थियो, जसले आजसम्मको सोचलाई प्रभावित तुल्याउँदै आएको छ । उक्त धारणा अनुसार महिलाहरू केवल अपूर्ण पुरुषको अंश हुन् ः महिलाहरू पदार्थ हुन् भने पुरुषहरू स्वरूप हुन् ।
विश्वको जहीँतहीँ अनादिदेखि महिला र पुरुषबीच असमानता छ । यस विषयमा पटक–पटक चर्कै बहस चल्छ । चाहे मानव विकास सूचकांक सबैभन्दा उच्च भएको देश नर्वे होस् वा सबैभन्दा न्यून भएको सियरा लिओन, चाहे प्रतिव्यक्ति आयको हिसाबमा सबैभन्दा धनी देश कतार होस् वा गरिब देश मालावी होस्, महिला र पुरुषबीच पूर्ण समानता कतै भेटिँदैन । जन्मअघि नै जडान भएको हाम्रो मानवीय कार्यप्रणाली (अपेरेटिङ सिस्टम) को सफ्टवेरको भिन्नता जिन हृहृ र हृथ् हो । एउटा जिनले एउटा मानिसलाई पुरुष र अर्कोलाई महिला बनायो । जब निर्माण हुँदा नै दुई फरक चिज फरक–फरक प्रयोजनका लागि फरक किसिमले बने भने यो संसारमा आइसकेपछि समान किसिमका प्रतिफल वा आशा राख्नु कति उचित हो ?
अब सेक्स वा यौनिकता (प्राकृतिक लिंग) र जेन्डर वा लैंगिकता (सामाजिक लिंग) का बारेमा छोटो बहस गरौं । जन्मदा हामी महिला वा पुरुष भएर जन्मियौँ, त्यो हाम्रो सेक्स हो । यसले आधारभूत अंग–प्रत्यंगको भिन्नता दर्साउँछ । त्यतिमात्र होइन, भिक्री शरीरत्रियाको भिन्नता पनि त्यसमा आउँछ, जस्तै फरक किसिमका हार्मोन उत्पादन आदि । यौनिकता वा प्राकृतिक लिंगले यस प्रकार शरीर विशेषको भिन्नतालाई इङ्गित गर्छ । महिला वा पुरुष भैसकेपछि हरेक समाजले त्यो महिला वा पुरुषबाट छुट्टाछुट्टै उत्तरदायित्वको आशा गर्छ । समाज वा परिवारको छुट्टाछुट्टै किसिमको निरन्तर तालिमका कारण एउटा व्यक्ति महिलाका कारण विकसित हुन्छिन् र अर्को पुरुष भएर देखा पर्छ । उनीहरूका आचरण, व्यवहार अनि उत्तरदायित्वहरू बाँडिन्छन्, एक–अर्कामा पूरक हुने गरी । यसरी उनीहरू सामाजिक वा सांस्कृतिक रूपले फरक लिंगका रूपमा चिनिन्छन् । त्यो जेन्डर वा लैङ्गिकता हो अर्थात् अर्को शब्दमा शारीरिक र जैविक रूपले स्त्री वा पुरुष हुनु यौनिकता हो भने यौनिकताका आधारमा तय हुने सामाजिक, आर्थिक एवं सांस्कृतिक जिम्मेवारी तथा अवसरहरूको समष्टिगत रूप नै लैङ्गिकता हो ।
पुरुषले बच्चा जन्माउन सक्दैन, यौनिकताको यो ध्रुव सत्यलाई कसैले उल्ट्याउन सक्दैन । बरु पुरुषले शिशु स्याहार गर्न सक्छ, किनभने महिलाले लालनपालन गर्नु प्राकृतिक नियम होइन, चल्तीको चलन हो । यसरी यौनिकता नियम हो भने लैंगिकता यसमै निर्भर चलन वा परिवेश हो । भर्खरकी छोरीलाई आमाले घाँगर र चोलो लगाइदिन्छिन्, तर छोरालाई कपाल छोटै पारेर पेन्ट र ढाकाटोपी लगाइदिँदा बाल्यावस्थामै उनीहरूले आफू अर्को लिंगीभन्दा फरक छु भन्ने कुरा सिक्दै जान्छन् । यो क्रम बाँचुन्जेल पाइला–पाइलामा चलिरहन्छ । तसर्थ लैंगिकताको खाडल पुर्न प्रयास गर्न सकिन्छ, तर पनि यौनिकताको जडमा आश्रित यसका कतिपय पक्ष मेट्न सकिँदैन ।
२०१५ को तथ्यांकले के देखाउँछ भने एउटा जागिरे पुरुषले १ डलर कमाउँदा तुलनायोग्य महिला जागिरेले केवल ८० सेन्ट कमाउँछिन् । अर्को सत्य के पनि हो भने औसतमा बढी महिलाहरू कम तलब आउने काममा सरिक छन् । जस्तै म्यानेजरभन्दा रिसेप्सनिस्ट, डाक्टरभन्दा नर्स, ब्यांकरभन्दा क्यासियर, पाइलटभन्दा परिचारिका । कामको अनुभव र घण्टा तुलना गर्ने हो भने पनि महिलाको अनुभव र घण्टा कमै देखिन्छ । त्यसैले उनीहरूको आय कम भएको हो । यो पक्षलाई समेट्दा पनि पुरुषले १ डलर कमाउँदा महिलाले ९२ सेन्ट कमाइरहेकी हुन्छिन् अर्थात् अझै पनि काममा लैंगिक विभेद छ ।
महिलाको अनुभव–घण्टा बढाउन उनी सुत्केरी वा गर्भवती भएको अवस्थामा पनि कार्यालयको काम घरमै गर्न सक्ने पद्धति अपनाउनुपर्छ र शिशु स्याहार, परिवार तथा गृहस्थीको आधा जिम्मा पुरुषले लिनुपर्छ । त्यसपछि महिलाहरूको काम, कार्यकुशलता आदिको मूल्यांकन गर्ने टोलीमा तीनमध्ये कम्तीमा एक पद महिलाको हुनुपर्छ, जसले गर्दा निर्णयमा लैङ्गिक पक्षहरूको समेत ख्याल राख्न सकियोस् । यसका अतिरिक्त महिलाहरूले पनि राम्रोसँग कर्तव्य पालना गर्ने र आफ्नो अधिकारका लागि डटेरै लड्ने, पुरुषले गर्ने हरेक काम आफू पनि गर्न सक्छु भन्ने आत्मविश्वास विकास गर्ने र व्यवहारमा देखाउने काम गर्दै जानुपर्छ । यो पेसागत क्षेत्रमा मात्र नभएर दैनिक व्यवहार, सामाजिक एवं सांस्कृतिक तहमा समेत लागू हुने कुरा हो । छोराले गर्न हुने काजक्रिया छोरीले चाहिँ किन नगर्ने ? विवाहपश्चात् केटी नै किन केटाको घरमा जानुपर्ने ? आदि । मानव सभ्यताक्रमदेखि नै चलिआएको विभेद एकसाथ एकै जनाले त कसरी अन्त्य गर्न सकिन्छ ? लैंगिक समताको अभियन्ताका रूपमा केही पुस्ता त खर्चिनैपर्छ । यद्यपि सम्पूर्णतः महिला र पुरुष समान होइनन् ।