साप्ताहिक संवाददाता
आज असार १३ गते शुक्रबार पोखराको लेकसाइडमा नेपाली परिकार महोत्सव सञ्चालन हुँदैछ । महोत्सवको आयोजना रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले गर्न लागेको हो । बाराहीचोक पछाडिको चौरमा साँझ ५ बजे प्रारम्भ हुने यो महोत्सव राति ११ बजेसम्म चल्नेछ ।
महोत्सवमा नेवारी, थकाली, गुरुङ खाना, थारु परिकारका साथै केराको परिकारको स्टल पनि रहनेछ । निःशुल्क प्रवेश पाइने यो महोत्सवको अर्को आकर्षण सांस्कृतिक कार्यक्रम हुनेछ । नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने उद्देश्य बोकेको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त स्थानीय बासिन्दाहरूको समेत सहभागिता रहनेछ ।
आनन्द कार्की लाइभ
आज शुक्रबार होटल अन्नपूर्णमा गायक आनन्द कार्की म्युजिक नाइट सञ्चालन हुँदैछ, जसमा गायक कार्कीले लाइभ प्रस्तुति दिनेछन् । किशोरकुमार स्पेसल भनिएको ऊक्त कार्यत्रम साँझ ८ बजे प्रारम्भ हुनेछ ।