साप्ताहिक संवाददाता
इला हुगेसको धोको वकिल बन्ने थियो, जसका लागि उनले बेलायतको चर्चित कानुन युनिभर्सिटीमा दाखिला लिइन् । ऋण गरेर भर्ना लिए पनि मासिक शुल्क तिर्न नसेकपछि उनी वयष्क चलचित्रमा अभिनय गर्न थालिन् । इलाका चलचित्र सार्वजनिक भएपछि उनलाई क्लासका साथीहरूले गिज्याउन थाले जसका कारण उनी युनिभर्सिटी जान छोडिन् । वयष्क चलचिक्रमा काम गर्ने त्रममा उनले बेलायतको वेस्ट पोर्न स्टार–२०१८ को उपाधि समेत प्राप्त गरिन् ।
१९ वर्षको उमेरमा कलेज भर्ना गर्दा लिएको ऋण तिर्न नसकेपछि इला वयष्क चलचित्रतर्फ आकर्षित भएकी थिइन् । १० मिनेटको भिडियोमा काम गर्दा २६ हजार रुपैयाँभन्दा बढी प्राप्त हुने भएपछि उनी त्यसतर्फ आकर्षित भएको बताउँछिन् ।
मैले लिएको ऋण अरु पार्टटाइम काम गरेर तिर्न सक्ने अवस्था थिएन्– इला भन्छिन् । उनको पहिलो भिडियो २० मिनेट लामो थियो । उक्त भिडियो करिब ४० लाख पटक हेरियो । इलाका अनुसार अहिले संझदा त्यो २० मिनेट उनको जीवनकै सर्वाधिक अविष्मरणीय क्षण भए जस्तो लाग्छ ।