साप्ताहिक संवाददाता
आजदेखि नेपालभर चलचित्र ‘आप्पा’ प्रदर्शन भैरहेको छ । देशभरका ६० भन्दा धेरै हलमा प्रदर्शन भैरहेको चलचित्रको बिहिबार काठमाण्डौंमा भव्य प्रिमियर गरियो । शो हेरिसकेपछि धेरैले चलचित्रको खुलेरै प्रशंसा गरेका छन् ।
अभिनेता सुनील थापाले यो चलचित्र टिनेजर्सहरुका लागी विशेष रहेको बताए । मेरो मन चसक्क छोयो, उनले भने, ‘चलचित्र निकै दमदार बनेको रहेछ, मलाई असाध्यै मन प–र्यो ।’ हरेक बुबाहरु र छोराहरुका लागी चलचित्रले धेरै कुरा सिकाउने समेत उनले बताए ।
चलचित्र हेर्न पुगेकी चर्चित अभिनेत्री बर्षा राउतले आप्पाले आफुलाई भावुृक बनाएको बताइन् । मेरो भाईहरुलाई पनि एकपटक चलचित्र देखाउन ल्याउने सोच गराएकी छु, उनले भनिन्, ‘हरेक भाई र दाईहरुले हेर्न पर्ने चलचित्र हो, आफ्नो बुबालाई समेत ल्याउन सकियो भने राम्रो हुन सक्छ ।’
चर्चित मोडल एलिसा राई पनि यो चलचित्र हेर्न हल पुगेकी थिइन् । उनले भनिन्, ‘मेरो बुबा मात्रै एउटा त्यस्तो मान्छे हो, जस्ले एकपटक असफल हुँदा तिमी गर्न सक्छौं भनेर उर्जा दिनुहुन्छ । यो चलचित्र हेरिसकेपछि एकपटक फेरी बुबाप्रती बुबाप्रतीको सम्मान झन् वढेको छ ।’
¥यापर भिटेनले चलचित्र भित्रको कथाले भावुक बनाएको बताए । चलचित्र भित्रको बुबा आफ्नै बुबा जस्तो लागेको बताए । उनले भने, ‘चलचित्र हेरिसकेपछि मेरो बुबालाई राम्रोसँग बुझ्न नसकेको रहेछु भन्ने अनुभव भयो ।’
‘क्याप्टेन’ फेम अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्रको विषयवस्तुले छोएको बताइन् । चलचित्र असाध्यै राम्रो लाग्यो, उनले भनिन्, ‘पारिवारिक कथा उठाएको छ, हेरेपछि मेरो बुबालाई धेरै सम्झना गरें ।’
निर्देशक हेमराज वि.सीले चलचित्रलाई इमोश्नल बनाउन सकेकोमा निर्देशक अनमोललाई सुभकामना दिए । चलचित्र हेरिसकेपछि आफ्ना बुबाको धेरै सम्झना आउँछ, उनले भने, ‘आप्पा समाज भित्रको हरेक परिवारको विशेष कथा हो ।’
अभिनेता विल्सन विक्रम राईले हँसाउछ र रुवाउँन सक्ने चलचित्र बनेको बताए । हरेकको घरको कथा टपक्क उठाएर चलचित्रमा समावेश गराएकोमा निर्देशकलाई धन्यवाद् दिदै उनले भने, ‘यो चलचित्र हेरिसकेपछि मेरो बुबा सुपर हिरो हो जस्तो लाग्यो ।’
अभिनेता बुद्धि तामाङले चलचित्रले मन छोएको बताए । मरो मात्रै होइन हरेकको मन छुन सक्छ, उनले थपे, ‘आप्पा’ निकै राम्रो चलचित्र हो ।
गायक एड्रिन प्रधानले चलचित्र एकदमै दमदार बनेको बताए । आफ्नो घरको कथासँग यो चलचित्रले मेल खाएको बताउँदै उनले भने, ‘जिवनमा हरेक मानिसको जिवनमा अप एण्ड डाउन हुन्छ तर आत्तिनु हुँदैन ।’ सधै बुबा र छोराहरुको सम्वन्ध नजिक हुनुपर्ने बताउँदै उनले भने, ‘बुबा–छोराको दुरी छोटो गराउनुपर्छ जुन कुरा यो चलचित्रले सिकाउँछ ।’