साप्ताहिक संवाददाता
कर्म बार एन्ड लाउन्जले शनिबार साल्सा नाइटको आयोजना गर्दैछ । डिजे आशिष तथा डिजे रुक्यानको प्रस्तुति रहने उक्त इभेन्ट शनिबार साँझ ८ बजेदेखि राति २ बजेसम्म चल्नेछ । यसमा जो–कसैले पनि सहभागिता जनाउन सक्नेछन् ।
डाइनिङ पार्कमा दही–चिउरा
आज शनिबार एग्री नेपाल फार्मर मार्केटले मध्यबानेश्वरस्थित डाइनिङ पार्क रेस्टुराँमा दही–चिउरा खाने कार्यक्रम आयोजित गर्दैछ । रोपाइँको छेको पारेर आयोजना गरिएको ऊक्त कार्यत्रम १४ असारको बिहान ७ बजेदेखि ११ बजेसम्म चल्नेछ । लोकल फिमेल प्रोडक्सले सपोर्ट गरेको उक्त इभेन्टमा ताजा र स्थानीय दही–चिउराको स्वाद लिन पाइने बताइएको छ ।
दही–चिउरा खाऊ
नयाँ बानेश्वरस्थित गरी खाऊ क्याफेले असार १५ लाई उत्सवका रूपमा मनाउन आज शनिबार ‘दही चिउरा खाऊ’ इभेन्टको आयोजना गर्दैछ । उक्त इभेन्ट बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने बताइएको छ ।