साप्ताहिक संवाददाता
असार १४, २०७६
यो महिनाको ‘पलेँटी’ शृंखलामा संगीतकार शान्ति ठटालले धुन भरेको मुना–मदन सुन्न पाइनेछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना–मदनमा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन् ।
संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा त्यसको प्रदर्शन गरिएको थियो । गीति–नाटककै स्वरूपमा प्रदर्शित उक्त धुन विस्तारै विस्मृतिमा गएको थियो ।
यही असार १३, १४ र १५ को पलेँटीमा ठटालको संगीतमा प्रस्तुत हुने मुनामदनमा पुरानो स्वरूपको परिष्कृत रूप सुन्न पाइने बताइएको छ । यो कार्यक्रम कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आरशाला’मा प्रस्तुत हुनेछ ।