साप्ताहिक संवाददाता
असार १४, २०७६
असार १५ को अवसर पारेर रेडियो कान्तिपुरले भोली आइतबार एउटा विशेष कार्यक्रम आयोजित गर्दैछ । ‘मानो रोपेर मुरी फलाउने महिना असारमा प्रकृति अर्थात हिलोसँग सम्बन्ध गाँसौं, रेडियो कान्तिपुरसँगै भक्तपुर, सल्लाघारीको खेतमा बाउसे र रोपाहार बनौं’ भन्ने नारासहित ऊक्त कार्यत्रम सञ्चालन लागिएको हो ।
राष्ट्रिय धान दिवसको अवसरमा आयोजना हुने यो रोपाइँ जात्रा भक्तपुरको सल्लाघारीमा भोलि दिउँसो २ बजे प्रारम्भ हुनेछ । रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीका अनुसार यो रोपाइँ जात्रामा लोकप्रिय कलाकारहरूको रोचक प्रस्तुतिहरू समेत समेटिनेछ ।