साप्ताहिक संवाददाता
चलचित्र ‘बागमती’ आशा अनुसार चलचित्र नचलेपछि शिव श्रेष्ठलाई तनाब भयो । बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि शिव खासै चलचित्र खेलेनन् । झण्डैं तिनवर्षपछि भने उनले चलचित्रमा कमव्याक हुनुपर्छ भन्ने सोच गराए ।
यद्यपी उनले केहि समयअघि आफै ‘एउटा यस्तो प्रेम कहानी’ नामक चलचित्र निर्माण सुरु गरे । आफ्नै छोरा र करिश्मा मानन्धरकी छोरीलाई हिरो–हिरोइन बनाएर यो चलचित्रको काम भैरहेको थियो, एक्कासी सुटिङ रोकिएको छ । यो चलचित्रमा शिव श्रेष्ठको पनि अभिनय थियो । अब यो चलचित्र कहिलेदेखि सुटिङ सुरु हुन्छ पत्तो छैन ।
हालै चलचित्र ‘लप्पन छप्पन २’ मा उनले साइन गरेका छन् । मुकुन्द भट्टको निर्देशनमा तयार हुने यो चलचित्रको छायांकन बेलायत र अष्ट्रेलियामा हुनेछ । यो चलचित्रमा नायक सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, सुरविना कार्की, अनुप विक्रम शाही लगायतका कलाकारले काम गर्ने पक्का भैसकेको छ ।
यसअघि उनले चलचित्र ‘प्रेम गीत ३’ मा साइन गरिसकेका छन् । उनले राम्रो पारिश्रमिक लिएर प्रेम गीत ३ मा बुबाको रोलमा काम गर्ने पक्का गरिसकेका छन् ।