साप्ताहिक संवाददाता
असार १५, २०७६
काठमाडौं
गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन् । रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा मोडलद्धय नग्मा श्रेष्ठ र सोहम फिचर्ड छन्। माधव बेल्बासेले सम्पादन गरेको गीतको भिडियो छायांकन र निर्देशन अमृत सुनुवारले गरेका छन्।
म्यूजिक एरेन्जर हुँदै गायनमा प्रवेश गरेका निरौला पछिल्लो समय गायनमा जमेका छन् । डेढ दर्जन भन्दा बढि हिट गीत दिइसकेका निरौलाको स्वरमा सजिएको नयाँ गीत चाँडै सार्वजनिक हुँदैछ । उक्त गीतको अहिले रेकर्डीङ भैरहेको छ ।