साप्ताहिक संवाददाता
असार १६, २०७६
यदि तपाईं एक्सेल सिटमा काम गर्दै हुनुहुन्छ भने थुप्रै फार्मुला तथा ठूला–ठूला फाइलले कन्फ्युज गराउन सक्छ । त्यस्तो अवस्थामा कुनै पनि फाइल अपडेट गर्न अझ गाह्रो हुन्छ । त्यस्ता एक्सेल सिटमा काम गर्न र भनेका बेला अपडेट गर्न एक्सेलको अप्सनमा जानुपर्छ ।
त्यसपछि फर्मुला ट्याबमा जानुपर्छ । त्यसपछि क्याल्कुलेसन अप्सनमा जानुपर्छ । त्यहाँभित्र अटोमेटिकमा टिक लागेको हुन्छ जसलाई म्यानुअलमा परिवर्तन गर्नुपर्छ । त्यसपछि ढ थिचेर आफ्नो तरिकाले फर्मुला चलाउन सकिन्छ । यसले समयको बचत गर्ने मात्र होइन, ठूला–ठूला फाइलहरूमा देखिने समस्या पनि धेरै हदसम्म घटाउँछ ।