साप्ताहिक संवाददाता
असार १६, २०७६
अधिकांश दम्पतीले आफू सुत्ने ओछ्यानमै शारीरिक सम्बन्ध राख्दै आएका हुन्छन् । सजिलो र पायक पर्ने हुनाले पनि धेरैका लागि उनीहरूको ओछ्यान नै पहिलो र सुविधाजनक रोजाइ हुन्छ । कसै–कसैले यौनसम्पर्कका लागि बैठक कोठा त कसैले बाथरुमलाई पनि छनौट गर्छन् ।
मानिसको यौन चाहनाको विषयमा विशेषज्ञता हासिल गरेका चिकित्सक डा. शहजाद हार्परका अनुसार जोडीबीच शारीरिक सम्बन्ध राख्ने सबैभन्दा उचित स्थान भान्साकोठा पनि हुनसक्छ । भान्साको बनावट एवं त्यहाँ भएका सामग्रीहरू यौनसम्बन्ध राख्न प्रेरित गर्ने किसिमका नभए पनि डाइनिङ चियरमा बसेको पुरुषमाथि महिला बसेर गरिने शारीरिक सम्बन्ध सर्वाधिक आनन्ददायक तथा स्वास्थबर्धक हुने डा. हार्परको दाबी छ । यस्तो शारीरिक सम्बन्धले जोडीलाई क्यालोरी बर्न गर्न पनि निकै सहयोग गर्ने डा. हार्पर बताउँछन् ।