साप्ताहिक संवाददाता
असार १६, २०७६
काठमाडौं
गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत 'मायाको चिनो' को भिडियो सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत राहेको उक्त गीतको भिडियो शिव बिकेले निर्देशन गरेका हुन् ।
अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको लोक फ्लेभरको उक्त गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ ।