साप्ताहिक संवाददाता
असार १६, २०७६
काठमाडौं
पदम राई र मेलिना राईको स्वरमा रहेको 'पछि पछी' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द तथा संगीत, रिकेश गुरुङको संगीत संयोजन रहेको गीत रोमान्टिक शैलीमा बनाईएको छ ।
सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियो नबराज उप्रेतीले छायांकन गरेका हुन् । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोमा पुष्प खड्का,वर्षा राउत,गायक पदम राइ र गायिका मेलिना राईलाई फिचर्ड गरिएको छ ।