साप्ताहिक संवाददाता
सरकारका प्रवक्ता गोकुल बास्कोटाले आइफा एवार्डका लागी सरकारले रकम दिने कुरा आफ्नो कानले नसुनेको वताएका छन् । इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) एवार्डका लागि अनुमती दिएपनि बजेट उपलब्ध गराउने निर्णय नगरेको उनले स्पष्ट पारे ।
बास्कोटाले भने, ‘आइफा एवार्डलाई सरकारले १ रुपैयाँ पनि दिने निर्णय गरेको छैन ।’ निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्ब बजेट दिन लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले पहिलोपटक मुख खोलेको हो ।
काठमाण्डौंमा भएको एक कार्यक्रममा उनले एवार्ड आयोजना भएको खण्डमा सरकारले अन्य कुरामा सहयोग गर्न सक्ने बताए । एवार्ड आयोजनाका लागि कसैले अनुमती मागेको र सत्यतथ्य बुझेर अनुमती दिएको बताउँदै उनले भने, ‘स्विकृती माग्दा त दिनुपरो नि, हामिले कतै आइफालाई यो पैसा दिने भनेर घोषणा गरेका छौं ?’