साप्ताहिक संवाददाता
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा डियो स्कुटरको नयाँ मोडल डियो डीएलएक्स भित्र्याएको छ । समकालीन सहरी डिजाइनमा आधारित होन्डा डियो डीएलएक्समा आकर्षक एवं स्टाइलिस छ ।
उत्कृष्ट माइलेज भएको १०९ सीसी इन्जिनयुक्त डियो डिएलएक्समा चालकहरूको सहजताका लागि डिजिटल मिटरका साथै ईसीओ स्पिड इन्डिकेटर राखिएको छ ।
सिट ओपनिङ स्विचका साथै फोर इन वान लक सिस्टमयुक्त यो स्कुटरमा अगाडि भएको स्मार्ट सिट ओपनिङ स्विच तथा प्रशस्त अन्डर सिट स्टोरेजले अझ बढी उपयोगी बनाएको कम्पनीको दाबी छ ।
इक्वेलाइजरका साथ कम्बी ब्रेक सिस्टमयुक्त यो स्कुटरले ब्रेकिङ दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्छ । यसमा भएको सर्भिस ड्यु इन्डिकेटरले चालकलाई स्कुटर नियमित रुपमा सर्भिसिङ गर्न स्मरण गराउँछ । मोबाइल चार्जिङ सकेटसहित उपलब्ध नयाँ डियो डीएलएक्सको मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ छ ।