साप्ताहिक संवाददाता
छायांकनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ को इन्टरनेशनल राईट बिक्री भएको छ। दिपेन्द्र लामाको निर्देशनमा भर्खरै पहिलो सेड्युलको सम्पन्न चलचित्र निर्माण टिमले चलचित्रको इन्टरनेशनल राइट्स बिक्री गरेको छ ।
छक्का पन्जा टिमसँग निर्माताको रुपमा सहकार्य गरेका निशान बजगाईले चलचित्रको इन्टरनेशनल राइट्स खरिद गरेका हुन् । यो चलचित्रको इन्टरनेशनल राइट्स ‘बजगाई मुभिज प्राइभेट लिमिटेडले’ किनेको हो । चलचित्र ‘छ माया छपक्कै’ को हालसम्मकै महागो मुल्यमा इन्टरनेशनल राइट्स बिक्री भएको बताईएको छ ।
आउँदो दशैंमा रिलिज हुने यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् । रोहित अधिकारीले लगानी गरेको यो चलचित्रको नाफा पछी ५० प्रतिशत शेयर लिने गरी दीपकराज गिरी र दीपाश्री निरौंलाको टिमले सहकार्य गरेका छन् ।