साप्ताहिक संवाददाता
आगामी कार्तिक २२ गते रिलिज हुने चलचित्र ‘सत्या’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । चलचित्र युनिटले हालै राजधानीमा चलचित्रका कलाकार विकास थापा मगरको जन्मदिन मनाउँदै ट्रेलर र पोस्टर सार्वजनिक गरेको हो ।
मिलन आले मगर निर्देशित चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई देखाइएको छ । चलचित्रमा विकासका अलावा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, वर्षा थिङ, सुमन खत्री, विकास थापा, गौरव सम्राटलगायतको अभिनय छ ।
निर्देशक मगरले चलचित्रले सत्यघटनाको कथालाई प्रस्तुत गरेको बताए । चलचित्रमा विकास चौधरीको संगीत, सुमन कुमार तण्डुकारको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, श्रवण सम्राटको कथा, देव महर्जनको द्वन्द्व, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी छ ।
चलचित्रमा झम्कीदेवी कालाखेती, सुमन खत्री र करण सिंह बोहोरा निर्माता तथा मदन थिङ कार्यकारी निर्मातामा छन् ।
सत्याको ट्रेलर :