भेडी गोठालेको सम्पुर्ण रकम च्यारिटीमा

- अनोज रोक्का

असार १७, २०७६

निर्माता दुर्गा गुरुङ (मिलन)ले आफुले निर्माण गरेको चलचित्र ‘भेडी गोठाले’ प्रर्दशनीबाट आएको सम्पुर्ण रकम च्यारिटीमा खर्च गरेका छन् । गुरुङ संस्कृतिमा आधारित चलचित्र भेडी गोठाले सयभन्दा बढिका शहरहरुमा च्यारिटीका लागि प्रर्दशन भईसकेको छ ।

नेपालमा लमजुङ, पोखरा, काठमाडौ, दोलखा, स्याङ्जाका विभिन्न स्थान र विदेशमा हङकङ, दुबई, नेदरल्याण्ड, भारत, अष्ट्रेलियाका विभिन्न शहरहरुमा सफल प्रर्दशन भईसकेको छ । फिल्मको कोरिया र जापानमा प्रर्दशनको तयारी भईरहेको छ ।

फिल्मको च्यारिटी प्रर्दशनबाट करिब ४० लाख बढि रुपैयाँ संकलन गरिएको निर्माता दुर्गा गुरुङ (मिलन) बताउँछन् । च्यारिटी रकम मध्येबाट तमु प्लु संघ युकेले निर्माण गरिरहेको सामुदायिक भवन (क्वाईवो धि) का लागि २ लाख रुपैयाँ, तमु प्लु संघ लमजुङद्धारा निर्मित क्वाईवो धि का लागि ९ लाख रुपैयाँ, दोर्दी नगरपालिका मखमली आमा समुहको भवन निर्माणका लागि ५ लाख रुपैयाँ, मिलन फाउण्डेशनको अक्षयकोष निर्माणको लागि १० लाख रुपैयाँ प्रदान गरिएको छ । बाँकी रकम आवश्यकताका हिसावले सामाजिक कार्यमा खर्च गरिने गुरुङ बताउँछन् ।

गुरुङहरुको पुर्खेली पेशा भेडी गोठालेको कथानै चलचित्रको प्रमुख थिम हो । गुरुङ समुदायमा विदुवालाई हेर्ने दृष्टिकोण, युवाको पलायन लगायतका बारेमा नयाँ पुस्तालाई जानकारी दिदै, भबिष्यका लागि ऐतिहासिक दस्तावेज निर्माण गर्नका लागि पनि फिल्म निर्माणमा प्रवेश गरेको दुर्गा बताउँछन् । हङकङलाई कर्मथलो बनाएका दुर्गा मिलन फाउण्डेशन मार्फत हङकङ र नेपालका विभिन्न सामाजिक सहयोगका कार्यहरुमा आफुलाई अग्रसर बनाईरहेका छन् ।

पश्चिमी भैगौलिक विकटता र वास्तविक गुरुङ संस्कृतिलाई फिल्ममा प्रस्तुत गरिएको लेखक तथा निर्देशक सुवास गुरुङ बताउाछन् । फिल्ममा राजेश गुरुङ, अस्मी गुरुङ, सनम गुरुङ लगायको अभिनय, तेजेन्द्र गुरुङको संगित र प्रकाश गुरुङको छायाङ्कन रहेको छ । 

 

प्रकाशित :असार १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्