साप्ताहिक संवाददाता
असार १८, २०७६
बलिउडका स्टारकिडहरू अनेक कारणले चर्चामा आउँछन् । चलचित्रमा देखिए पनि नदेखिए पनि उनीहरूको गतिविधिलाई मानिसहरूले चियाइरहेका हुन्छन् । यसै क्रममा साहरूख खानकी छोरी सुहाना खान भाइरल भएकी छिन् ।
सुहाना खान आफ्नो इन्स्टाग्राममा अपलोड गरिएको पोल डान्स भिडियोका कारण भाइरल भएकी हुन् । उक्त भिडियो सुहाना स्वयंले ‘सुहाना खान डान्सिङ विथ हर फ्रेन्ड्स’ को ट्यागमा किसिङ तथा हर्ट सेप इमोजीका साथ सेयर गरेकी थिइन् ।
सुहानाको यो चर्तिकलाका बारेमा उनका पिता साहरूख खानले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।