दिन मात्रै महिनावारी हुने कस्तो समस्या हो

- डा.बालकृष्ण शाह

असार १८, २०७६

म १७ वर्षीया छात्रा हुँ । मेरो महिनावारी नियमित समयमा हुन्छ । महिनावारीको समयमा साथीहरूलाई दुखेजस्तो मलाई धेरै दुख्ने पनि छैन । महिनावारी भएका बेलामा पनि म कलेज जान्छु , तर मेरो महिनावारी एक दिनदेखि दुई दिन मात्र हुन्छ ? यो कस्तो समस्या हो ? यसका लागि मैले के गर्नुपर्छ ? 

                                                                                                                सु.

किशोरावस्थामा हुने यो समस्यालाई हाइपोमेनोरेजिया भनिन्छ । यस्तो अवस्थामा महिनावारी दुई दिनभन्दा कम हुने तथा थोरै रगत जाने हुन्छ । यस्तो हुनुको कारण गम्भीर नभएर धेरैजसो अवस्थामा मानसिक तनाव, चिन्ता आदि भएको पाइन्छ ।

त्यसैले यसमा चिन्ता नगर्नुबाहेक अन्य खासै उपचार चाहिँदैन । यो आफै निको हुने समस्या हो । कसै–कसैलाई यस्तो हुँदा गर्भ रहँदैन कि भन्ने चिन्ता पाइन्छ, तर यसले भविष्यमा त्यस्तो कुनै समस्या सिर्जना गर्दैन र धेरै महिलाले सन्तानलाई जन्म दिएपछि महिनावारी चार दिन तथा अरूको जस्तै रक्तस्राव हुने गरेको बताउने गरेका छन् । 

प्रकाशित :असार १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्