साप्ताहिक संवाददाता
असार १९, २०७६
वैज्ञानिकहरूले हल्का र लचिलो पदार्थले बनेको इलेक्ट्रोनिक टाटुको विकास गरेका छन्, जसको सहयोगले मुटुको धड्कन जाँच्न सकिन्छ । यो ई–टाटुले हाल प्रचलित इलेक्ट्रोकार्डियोग्राफ मेसिनको तुलनामा सहज र राम्रो तरिकाले मुटुको धड्कन जाँच गर्न सक्छ ।
यो उपकरणलाई छालामा लगाउन सकिन्छ र यसले शरीरको सबै इलेक्ट्रिकलदेखि रसायनिक गतिविधि अनुगमन गर्छ । अमेरिकाको युनिभर्सिटी अफ टेक्सासमा विकास गरिएको यो ई–टाटु पातलो भएकै कारणले मुटुको नजिकै छातीमा लामो समय राख्न सकिन्छ ।
एड्भान्स साइन्स जर्नलमा प्रकाशित रिपोर्ट अनुसार यसले मुटुको इलेक्ट्रोकार्डियोग्राफ तथा सिस्मोकार्डियोग्राफ दुवै रेकर्ड गर्न सक्छ ।