साप्ताहिक संवाददाता
चलचित्र जात्रै जात्राको विशेष प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका बेला अभिनेत्री वर्षा राउतले लगाएको पहिरन सामाजिक सञ्जालमा ट्रोल नै भयो । आफ्नो पहिरन ट्रोल भएपछि वर्षाले त कुनै प्रतिक्रिया जनाइनन्, तर उनका श्रीमान् अभिनेता संजोग कोइरालाले भने वर्षाकै समर्थन गरे । चलचित्रको सफल प्रदर्शनपछि वर्षा काठमाडौं फर्किइन् र जात्रैजात्राको विशेष प्रदर्शनीमा सहभागि भइन् ।
त्यसक्रममा उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उक्त पहिरन तथा ट्रोलका बारेमा कुनै पनि प्रतिक्रिया जनाउनु उचित नभएको बताइन् । ‘मैले त्यो पहिरनमा आफूलाई सहज महसुस गरेकी थिएँ । मेरा वरिपरि भएका मानिसहरूलाई समेत त्यसबाट कुनै समस्या थिएन । मेरो परिवारलाई समेत त्यसमा कुनै समस्या छैन ।
मलाई माया गर्ने दर्शकहरूलाई समेत पनि यसमा कुनै समस्या छैन भने मैले त्यो विषयमा किन बोल्ने, वर्षाको भनाइ छ— ‘मलाई उक्त प्रसंगमा जवाफ दिन आवश्यक लागेन ।’ यद्यपि वर्षाले ऊक्त ट्रोलका कारण व्यत्तिगत जीवनमा भने फरक परेको धारणा व्यक्त गरिन् । ‘आफूलाई मन परेको पहिरन लगाउने स्वतन्त्रता सबैमा हुन्छ, वर्षाको भनाइ छ— ‘आफूलाई जे मन लाग्छ त्यो लगाउनुहोस्, दुनियाँको कुरा नसुन्नहोस् ।’