साप्ताहिक संवाददाता
असार १९, २०७६
न्युजिल्यान्ड र वेस्टइन्डिजबीच यसपटकको विश्वकपमा भएको खेललाई पछिसम्म धेरैले सम्झनेछन् । उक्त खेल जित्न त न्युजिल्यान्डले जित्यो, तर त्यसलाई सम्झनुपर्ने कारण हुनेछन्, वेस्टइन्डिजका खेलाडी कार्लोस ब्रेथवेट । उक्त खेलमा उनले वेस्टइन्डिजलाई जितको नजिक पुर्याए पनि सफल हुन सकेनन् ।
जितका लागि ५ रन चाहिएका बेला कार्लोसले गरेको लामो प्रहार छक्कामा परिणत हुन सकेन् र उनी बाउन्ड्रीमा समातिए । आफ्नो टिम हारेपछि उनले आफ्नो झावना रोक्न सकेनन् र क्रिजमै ढले । त्रिजमा घुँडाले टेकेर उनले लामो समय दुःख मनाए ।
उनलाई न्युजिल्यान्डका खेलाडीले सम्झाउनु परेको थियो । त्यो भावुक क्षण सामाजिक सञ्चालमा भाइरल पनि भयो । यसलाई अहिलेको विश्वकपको सबैभन्दा मन छुने क्षण मानिएको छ ।