साप्ताहिक संवाददाता
लमजुङ सदरमुकाम बेँसीसहरमा अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रमका बीच वल्र्ड एरिया लाइन भिलेज नेपाल नामक सो फिल्म सीटी वल्र्ड एरिया होल्डिङ ईटली र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण गर्नेगरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
फिल्म सिटी निर्माणका लागि झण्डैं ६ अर्ब लागत लाग्ने जनाइएको छ, पाँच हजार रोपनी क्षेत्रफलमा फैलने जनाइएको छ । विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाकंन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजनाको परिकल्पना गरिएको हो ।
संञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाको उपस्थतिमा वल्र्ड एरिया होल्डीङ ईटलीका तर्फबाट अघ्यक्ष फ्रान्सेस्को सिङ्नोरीएलो र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राईभेट लिमिटेड नेपालका तर्फ बाट अघ्यक्ष आकाश अधिकारीले हस्ताक्षर गरे ।
५ अर्ब ९० करोड बजेट राखिएको फिल्म सिटी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि अन्तराष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाकंन र सम्पादनको सुविधा उपलब्ध हुने अपेक्षा राखिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको प्रतिक्रिया दिए । फिल्म सिटीको डिपिआरको काम आगामी तीन महिना भित्रमा शुरु गर्ने परियोजना संयोजक राजेशकुमार पुरीले बताए । उनका अनुसार बढीमा सात वर्षमा परियोजना सम्पन्न हुने लक्ष्य छ ।
परियोजनाभित्र तारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्गानिक फार्म, विभिन्न खेलकूदस्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमूनाका रुपमा निर्माण गरिनेछ ।
चलचित्र निर्माता तथा निर्देशक समेत रहेका आकाश अधिकारीले यो सम्पुर्ण नेपाली र नेपाली चलचित्र प्रेमीका लागी खुसीको खबर भएको बताए । उनले भने, ‘फिल्म सिटी निर्माण भएपछि नेपालको चलचित्रको स्तर समेत अलिकति माथि उठ्ने अनुमान गरिएको छ ।'