साप्ताहिक संवाददाता
चलचित्र ‘सरौतो’ मा समावेश गरिएको गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । कात्तीक २२ गते रिलिज मिति तोकेको यो गीत लोकशैलीको छ ।
गीतलाई राजनराज शिवाकोटीले तयार पारेका हुन् । गीतमा शिवाकोटीको शब्द, संगीत र स्वर छ । मिलन नेवारको स्वर सुन्न सकिन्छ ।
गीतको भिडियोमा सुमी मोक्तान र सन्नी सिंहलाई देख्न सकिन्छ । यी दुईलाई बेहुला र बेहुलीको भूमिकामा देख्न सकिन्छ ।
चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांङ लगायतको अभिनय रहनेछ ।
यसै गरी फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन तथा शंकर महर्जनको एक्सन देख्न सकिनेछ ।