असार २५ गते : अष्टमी व्रत
मेष
नजिकका साथीभाइ टाढिन सक्छन् । विदेशमा रहेका मित्रहरूले अपेक्षा अनुरुप सुझाव दिँदै सहयोगसमेत गर्नेछन् । पारिवारीक भ्रमणको आनन्द उठाउन पाइनेछ । अपरिचित व्यक्तिमार्फत प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफनो कल्याण छ । साताको अन्त्यमा मठ–मन्दिरको परिक्रमा गर्दै दान पुण्यमा सहभागी भइनेछ ।
वृष
कार्यदक्षतामा वृद्धि भै कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् । प्रेमी–प्रेमीकाबीचको मधुरताले पारस्पारिक सम्बन्धलाई थप उचाइमा पुर्याउनेछ । भैपरी आउने दुर्घटनाबाट जोगिन संयम जरुरी छ । सेतो रंग प्रयोग गर्दा लाभ हुनेछ ।
मिथुन
नयाँ कार्य आरम्भ गर्दा अभिभावकहरूको सुझाव शिरोधार्य गर्नुपर्नेछ । आम्दानीको दरिलो स्रोत हात लाग्ने सम्झावना छ । ठूला व्यक्तिहरूसँग हुने अन्तर्त्रियाले मनोबल बढाउनेछ । यात्रामा हुने भेटघाटले सफलताको मार्ग खुलाउनेछ । अबेरसम्म यात्रा गर्दा स्वास्थ्यको ख्याल गर्नुहोला ।
कर्कट
प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । काममा प्रतिफल हात पार्न ठूलै प्रयत्न गर्नुपर्नेछ । अनुभव नभएको व्यवसायले नोक्सान पुर्याउन सक्छ । सामाजिक सेवा तथा नोकरीमा अपेक्षा गरेजस्तै स्थान प्राप्त हुने सम्भावना छ । भोज भतेर तथा मनोरञ्जनमा संलग्न हुँदा समयको हेक्का राख्नुहोला ।
सिंह
आर्थिक कारोबारबाट सन्तोषजनक परिणाम हात लाग्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । अपेक्षा गरेजस्तै नतिजा प्राप्त गर्न सुनौलो रंगको पहिरन रोज्नुहोला । वृद्धवृद्धा तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्रदान गर्नेछ । जोडी नम्बरको सवारी साधन चलाउँदा सहज महसुस हुनेछ ।
कन्या
अरूको मन आफूतर्फ आकर्षिक हुदाँ मनमा जोस, जाँगर तथा हौसला बढ्नेछ । आफ्नो प्रतिभाका कारण पुरस्कृत हुने योग छ । मन मिल्नेहरूको विश्वासमा परी कार्य गर्दा कतिपय काममा धोका हुन सक्छ । तथ्य कुरा पत्ता लगाई विपरीत परिस्थितिको सामना गर्न सकिनेछ ।
तुला
प्रतिफल हात पार्न प्रशस्त मेहनत गर्नुपर्ला । प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । काम सम्पन्न गर्ने सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । नीलो रंगको पहिरनले अपेक्षा गरेजस्तै नतिजा दिन सक्छ । उथलपुथल पूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाउन केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा मनोरञ्जक वातावरणमा रमाउन पाइनेछ ।
वृश्चिक
विशिष्ट व्यक्तिहरूबाट हौसला प्राप्त हुनेछ । लगनशीलताले रोजगारीको मार्ग प्रशस्त गर्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारमा संलग्न नहुनुनै उपयुक्त हुन्छ ।
धनु
प्रतिस्पर्धीहरूलाई पछि पार्न सक्रिय भूमिकाको जरुरत पर्नेछ । अभिभावकहरूको रुचिको ख्याल गर्न नबिर्सनुहोला । नसोचेको कार्यभार प्राप्त हुन सक्छ । घुमघामका क्रममा साथीहरूले खर्च गराउनेछन् । आध्यात्मिक गतिविधिले मानसिक राहत प्रदान गर्नेछ ।
मकर
साझेदारीको व्यवसायले फाइदा दिलाउनेछ । भाग्यले मन मिल्ने साथी जुराउन सक्छ । तार्किक क्षमता तथा बोलिको प्रभावले स्वरोजगार हुन सहयोग गर्नेछ । नोकरीमा कामको दायित्व बढ्नुका साथै अनुकुल जिम्मेवारीहरू आइलाग्नेछन् । वैदेशिक अवसरका निम्ति भने केही समय कुर्नुपर्नेछ ।
कुम्भ
आर्थिक कारोबारमा भूल हुन सक्छ, सावधानी अपनाउनुहोला । प्रेम प्रस्तावमा राम्रोसँग विचार गरी निर्णय लिनुहोला । विदेश जाने प्रक्रिया अघि बढाउँदा सफलता हात पर्नेछ । साताको अन्त्यमा आध्यात्मिक काममा संलग्न भइनेछ ।
मीन
प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । प्रवासमा रहनेहरूका निम्ति समय थप अनुकूल छ । सरकारी कर्मचारीका निम्ति प्रतिकूल स्थानान्तरणको सम्भावना देखिन्छ । प्रेम सम्बध अझ गाढा हुँदै गएको अवस्था छ । मन लोभिने बहुमूल्य सामग्री खरिद गर्न आकर्षित भइनेछ ।