ठमेलमा आदित्यनारायण

- साप्ताहिक संवाददाता

असार २०, २०७६

काठमाडौं ठमेलस्थित क्बल फरेन हाइटले बलिउडका चर्चित गायक आदित्यनाराणलाई प्रस्तुत गर्दैछ । आदित्य गायक उदितनारायणका छोरा हुन् । भोलि शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म आदित्य र उनको टिमले क्लबमा विशेष प्रस्तुति दिनेछन् । आदित्यको सबैभन्दा चर्चित गीत सन् १९९६ को चलचित्र मनसुनको ॅछोटा बच्चा जान के’ हो । सन् १९९७ मा आदित्यले वेस्ट चाइल्ड सिंगरको एवार्ड प्राप्त गरेका थिए ।

लस स्कोमा नवीन 

गैरीधारास्थित लस स्कोबारले गायक नवीन के भट्टराईलाई प्रस्तुत गर्दैछ । आज शुक्रबार साँझ ६ बजे सुरु हुने उक्त इभेन्टमा गायक नवीन के भट्टराईले श्रोताहरूलाई मन्त्रमुग्ध तुल्याउने गीत सुनाउनेछन् । संगीतसँगै ड्रिंक्स र फुडको मज्जा लिन पाइने उक्त इभेन्टका लागि टिकट शुल्क १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

पोखरामा छेवाङ

आज असार २० गते शुक्रबार छेवाङ लामा पोखरामा प्रस्तुत हुँदैछन् ।  पोखरा लेकसाइडको प्याराडिसो स्पोर्टस् बारमा लामाले आफ्नो गायन मार्फत वातावरण तताउनेछन् । साँझ साढे ६ बजे प्रारम्भ हुने यो कार्यक्रम राति ११ बजेसम्म चल्नेछ  भने डिजे अतुल कार्यक्रमको अर्को आकर्षण हुनेछन् । प्रवेश निःशुल्क रहेको प्याराडिसो स्पोर्टस् बारमा फन्ट, बालकोनी, फेवाफन्ट आदि ठाउँमा बसेर ‘फुड, ड्रिङ्स तथा म्युजिक’ मा रमाउन पाइन्छ ।

प्रकाशित :असार २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्