साप्ताहिक संवाददाता
असार २१, २०७६
असहाय तथा बेसाहाराहरूलाई आश्रय दिइरहेको संस्था नेपाल स्नेही काखको सहयोगार्थ आज शनिवार काठमाडौंमा एऊटा विशेष सांगीतिक कार्यक्रम हुँदैछ । कार्यत्रममा विभिन्न कलाकारले गीत, संगीत तथा नृत्य प्रस्तुत गर्नुका साथै एउटा नाटक समेत मञ्चन गरिंदैछ ।
सम्भव थिएटरको प्रस्तुतीमा लक्ष्मी लोचन वैद्यको कथामा राम केएसीको लेखन तथा निर्देशनको नाटक दर्पणमा चलचित्र अभिनेता प्रदीप बास्तोलासहित नेहा पोखरेल, निशा पाख्रिन, शिक्षा केसी, किरण चापागाईं, केशव रिजाल, अर्जुन पौडेल, संगीता पौडेल, सुशिला आकार आदि कलाकारले अभिनय गर्नेछिन् ।
समारोहमा कविता नेपालीले नृत्य प्रस्तुत गर्नेछन् भने गायक–गायिकाहरूले आफ्ना गीत प्रस्तुत गर्नेछन् । सशुल्क हेर्न सकिने यो कार्यक्रम भोलि बिहान ९ बजेपछि प्रारम्भ हुनेछ ।