साप्ताहिक संवाददाता
आधुनिक गीतहरुमा सहकार्य गर्दै आएका संगीतकार सुनिल मास्के तथा गीतकार योगेन्द्रमणि दाहालले पहिलो पटक एउटा तीत गीतमा सहकार्य गरेका छन् ।
आधुनिक गीतका संगीतकार सुनिल मास्केद्वारा पहिलो पटक संगीतबद्ध गरिएको तीजको गीत ‘यसपालीको तीजमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार योगेन्द्रमणि दाहालले उक्त तीज गीत रचना गरेका हुन् । गीतमा गायिका मिना थापाको स्वर सुन्न सकिन्छ ।
प्रदीप श्रेष्ठद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा गोपाल घतानीले बाँसुरीवादन गरेका छन् भने धर्मा गन्धर्वले सारंगी तथा कुमार महाराजले रिदममा साथ दिएका छन् ।
युवराज वाइवा तथा विकास दाहालद्वारा निर्देशन तथा सम्पादन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोमा अभिनेत्री हर्षिका श्रेष्ठ तथा सरोज दाहालले आकर्षक नृत्य गरेका छन् ।
गीतको म्यूजिक भिडियो :