साप्ताहिक संवाददाता
शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ ले अहिले पनि भारतसहित विभिन्न देशमा धुम मच्चाई रहेको छ । भारतका चलचित्र समिक्षक तरण आदर्शका अनुसार आजको दिनमा उक्त चलचित्रले २ सय २५ करोड कमाई गरिसकेको छ । यो चलचित्रका दर्शक घटेका छैनन्, सोहि कारण यसको व्यापार कहाँ पुगेर रोकिने हो कसैले अनुमान समेत गर्न सकेको छैन ।
तलेगु चलचित्र अर्जुन रेड्डीको आधिकारिक कवि राइट्स लिएर निर्माण गरिएको थियो, कबिर सिंह । नेपालमा पनि तलेगु चलचित्रको आधिकारिक रुपमा कपि राइट्स किनेर नेपाली रिमेकमा चलचित्र निर्माण हुने भएको छ ।
नेपाली रिमेकमा युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले अभिनय गर्ने भएका छन् । अर्जुन रेड्डी निर्माा गरेको कम्पनी ‘भद्रकाली पिक्चर्स’ सँग कपि राइट्स खरिद गरिसकिएको यस चलचित्रको नेपाली रिमेकमा हरिहरले अभिनय गर्ने जनाइएको छ । अहिले हरिहरले गुमनाम भएर ज्यान बनाउने काम गरिरहेका छन् ।
केहि समय अघि कान्तिपुरका रामजी ज्ञवालीसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘एउटा साउथ इण्डियन चलचित्रको रिमेक बनाउने सोच गराइरहेको छु, उक्त चलचित्र हिट हुनेमा शंका छैन ।’ उनले राम्रै लगानीमा आफुले समेत शेयर राखेर काम गर्ने संकेत दिएका थिए ।
बुझिएअनुसार दुई साताभित्रै राजधानिमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर नेपाली चलचित्रको घोषणा गरिनेछ । अर्जुन रेड्डीमा विजय देवेकोण्डठ्राले अभिनय गरेका थिए । उक्त चलचित्रमा गरेको अभिनयले उनको क्रेजलाई निकै माथि उठायो । त्यसपछि निर्माण भएको बलिउड चलचित्र कविर सिंहले शहिद कपुरको क्रेजलाई एकाएक उचाइमा ल्यायो ।
नेपाली चलचित्र ‘शुभ लभ’ मा अभिनय गरेका ज्योतिष तथा अभिनेता हरीहरको क्रेजलाई यो चलचित्रले उनिहरुलाई जस्तै माथि उचाइमा पुराउला ? त्यो हेर्नै बाँकी छ ।