यसरी निकालियो टपटेन
यो तथ्यांक राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित ‘नतिजा सम्बन्धि एक झलक (२०७४–०७५)’ पुस्तकमा आधारित छ । यसमा बोर्डको अन्तिम परीक्षामा कक्षा ११ तथा १२ मा न्युनतम ५०० विद्यार्थी सहभागी माविहरू समावेस छन् । कक्षा ११ र १२ को नतिजामा ‘ए प्लस’देखि ‘डि’ प्लससम्म ल्याउने विद्यार्थीहरू यो मुल्यांकनको प्रमुख आधार हुन् । समग्र विद्यार्थीबाट ‘डी र ‘ई’ ग्रेड ल्याउने (जसलाई बोर्डले ट्रान्सक्रिप्ट दिदैंन) हरूलाई घटाएपछि प्राप्त संख्याबाट नै प्रत्येक माविको कक्षा ११ र १२ को नतिजा प्रतिशतमा निकालिएको हो । प्रतिशत निकाल्दा ट्रान्सक्रिप्ट प्राप्त गर्न योग्य विद्यार्थीको जम्मा संख्यालाई १०० ले गुणन गरी त्यसलाई जम्मा विद्यार्थी संख्याले भाग गरिएको छ । उत्कृष्टताको यो सूची कक्षा ११ र कक्षा १२ को प्रतिशतलाई जोडेर औसत प्रतिशतमा तयार पारिएको हो ।
गत वर्ष कक्षा ११ र १२ को परीक्षामा देशभरका ४ हजार ३ सय ४० माविका विद्यार्थी सहभागी थिए । यति धेरै माविबाट उत्कृष्ट मावि छान्ने काम पक्कै सहज होइन । दुई वर्षअघि कक्षा ११ र १२ मा ग्रेडिङ प्रणाली सुरु गरिएपछि उत्कृष्ट मावि छान्नु थप असहज थियो, किनभने यसका लागि फरक मापदण्ड र आधारहरू तयार गर्नुपर्ने थियो । यसअघि हामीले अब्बल माविहरू छान्ने आधार नतिजालाई मान्दै आएका थियौं ।
उत्कृष्टता मापनका लागि परिक्षाको परिणामसँगै व्यवस्थापन, भौतिक फूर्वाधार, अतिरिक्त त्रियाकलापजस्ता विषयलाई पनि आधार मान्नुपर्ने हुन्छ । विगत १५ वर्षदेखि साप्ताहिकले उत्कृष्ट माविहरू छनौटको आधार परीक्षाफललाई मान्दै आएको छ । यसपटक पनि त्यही आधारमा टेकेर उत्कृष्ट माविहरू छानिएका हुन् । ग्रेडिङ प्रणालीमा गएकाले हामीले कक्षा ११ र १२ मा शुन्यदेखि ० दशमलव ८० र ० दशमलव ८१ देखि १ दशमलव २० जिपीए अर्थात ‘ई’ र ‘डी’ ग्रेड ल्याउने (जसलाई राष्ट्रिय परीक्षा बोर्डले भर्नाका लागि ट्रान्सक्रिप्ट दिँदैन) लाई अन्य ग्रेड ल्याउने विद्यार्थीबाट घटाएर निकालिएको प्रतिशतका आधारमा उत्कृष्ट १० माविहरू निकालेका हौं । उत्कृटताका लागि हामीले सम्बन्धित माविले न्यूनतम ५ सय विद्यार्थीलाई परीक्षामा संलग्न गराउनुपर्ने कुरालाई अर्को आधार मानेका थियौं ।
५ सयभन्दा बढी विद्यार्थी भर्ना लिएर पढाउने माविको संख्या देशभर कक्षा ११ मा ८० वटा थिए भने कक्षा १२ मा पुग्दा ५ सय बढी विद्यार्थीलाई परीक्षामा संलग्न गराउने माविको संख्या ६९ मा झरेको थियो । तिनै माविको कक्षा ११ र १२ को नतिजाका आधारमा साप्ताहिकले उत्कृष्ट १० माविको यो सूची तयार गरेको हो । यो मूल्यांकन राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको ‘एनइबी रिजल्ट एट गेलेन्स— ०७४/७५’ मा आधारित छ । कम विद्यार्थी भएका केही माविले शतप्रतिशत रिजल्ट ल्याएका छन्, तर ५ सयभन्दा कम विद्यार्थी भर्ना गरेका कारण शतप्रतिशत नतिजा ल्याएका भए पनि त्यस्ता माविलाई यो सूचीमा समेटिएको छैन । विगत लामो समयदेखि अब्बल नतिजा दिँदै उत्कृष्ट माविको सूचीमा पर्दै आएका केही मावि यो वर्ष पनि दोहोरिएका छन् । यो वर्ष काठमाडौं उपत्यकाका केही चर्चित माविलाई उछिनेर चितवन, बुटवल तथा विराटनगरका एक–एक माविले उत्कृष्ट १० मा आफ्नो स्थान बनाएका छन् ।
प्रसादी एकेडेमी, ललितपुर
‘एकल कार्यक्रम, एकल व्यवस्थापन’ प्रसादीको निरन्तर सफलताको मुख्य सूत्र हो । २१ वर्षदेखि निरन्तर सिमित भर्ना तथा पुराना र खारिएका शिक्षकका कारण प्रसादीले अब्बल नतिजा निकाल्दै आएको एकेडेमीका अध्यक्ष विक्रम राई बताउँछन् । ‘एक कार्यक्रम, एक व्यवस्थापन हाम्रो सफलताको मुख्य सूत्र हो, हामी ११ र १२ मा मात्र केन्द्रित छौं,’ राईले भने ।
सिट संख्या
विज्ञान ः ५ सय, व्यवस्थापन ः २ सय
भर्ना शुल्क
विज्ञान ः २४ हजार रुपैयाँ
व्यवस्थापन ः १८ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान ः ६ हजार २ सय ५० रुपैयाँ
व्यवस्थापन ः ४ हजार २ सय ५० रुपैयाँ
अन्य शुल्क
विज्ञान/व्यवस्थापन ः १० हजार रुपैयाँ
भवन ः आफ्नो र भाडाको जग्गामा
क्षेत्रफल ः १२ रोपनी
काठमाडौं मोडल सेकेन्डरी स्कुल, काठमाडौं
गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन, अनुभवी र योग्य शिक्षकलगायतका कुराले बागबजारस्थित काठमाडौं मोडल माविलाई अब्बल बनाएको हो । प्रिन्सिपल डा. नगेन्द्र अर्याल भन्छन्, ‘यसका साथै सक्षम व्यवस्थापकिय पक्ष, समय सान्दर्भिक भौतिक पूर्वाधार एवं शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि मल्टिमिडिया प्रणाली प्रयोग गरिएको छ ।’ विद्यार्थीको रुचिलाई ध्यान दिएर प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु नै यो माविको सफलताको रहस्य हो ।
सिट संख्या
विज्ञान ः १ हजार ४ सय, व्यवस्थापन ः ४ सय ५०, मानविकी ः ४०, कानुन ः ४०
भर्ना शुल्क
विज्ञान ः ६५ हजार ५ सय रुपैयाँ
व्यवस्थापन ः ४१ हजार ५ सय रुपैयाँ
मानविकी ः ४१ हजार ५ सय रुपैयाँ
कानुन ः ४१ हजार ५ सय रुपैयाँ
मासिक शुल्क ः
विज्ञानः ६ हजार ९ सय रुपैयाँ
व्यवस्थापन ः ५ हजार रुपैयाँ,
मानविकीः ५ हजार रुपैयाँ,
कानुन ः ५ हजार रुपैयाँ
अन्य शुल्क ः
विज्ञान ः ६ हजार रुपैयाँ
व्यवस्थापन ः ५ हजार ५ सय रुपैयाँ
मानविकी ः ५ हजार ५ सय रुपैयाँ
कानुन ः ५ हजार ५ सय रुपैयाँ
भवन ः आफ्नो र भाडामा,
क्षेत्रफल ः १६ रोपनी
ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं
मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन संकायको अब्बल कलेज हो । अध्यापनका क्रममा प्रोजेक्ट वर्कका रूपमा विद्यार्थीलाई सहभागी गराई पढेको कुरालाई व्यवहारसँग जोड्नु नै ग्लोबल कलेज अफ म्यानेजमेन्टको विशेषता हो । त्यसबाहेक ग्लोबल कलेज अफ म्यानेजमेन्टले विद्यार्थीको क्षमता पहिचान गरी त्यसअनुसारको व्यक्तित्व निर्माणमा समेत जोड दिँदै आएको विद्यालयका प्रिन्सिपल अम्बादत्त जोशी बताउँछन् ।
सिट संख्या
व्यवस्थापन ः ८ सय ५०
भर्ना शुल्क
१८ हजार रुपैयाँ
मासिक शुल्क
१० हजार रुपैयाँ
अन्य शुल्क
८० हजार रुपैयाँ
भवन ः आफ्नै भवन
क्षेत्रफल ः १० रोपनी
अरोमा इंग्लिस सेकेन्डरी स्कुल, चितवन
कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषयको पढाइ हुने भरतपुरस्थित अरोमा स्कुलमा उत्कृष्ट विद्यार्थीहरूको जमघट हुन्छ । वि.सं. २०६६ सालमा स्थापना भएको यो स्कुलले उत्कृष्ट र लगनशील विद्यार्थी तथा मेहनती शिक्षकका कारण राम्रो नतिजा ल्याएको प्रिन्सिपल शेरबहादुर क्षेत्री बताउँछन् । ‘हामीले कक्षा ११ र १२ का विद्यार्थीका लागि शनिबार र अन्य बिदाका दिन इन्जिनियरिङ तथा एमबिबिएसको निःशुल्क तयारी कक्षा चलाउँछौं,’ प्रिन्सिपल क्षेत्रीले भने ।
सिट संख्या
विज्ञान ः ४ सय ५०, व्यवस्थापन ः ४ सय
भर्ना शुल्क
विज्ञान ः १४ हजार ५ सय रुपैयाँ,
व्यवस्थापन ः १० हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान ः ३ हजार ३ सय रुपैयाँ,
व्यवस्थापन ः २ हजार ५ सय ५० रुपैयाँ
होटल म्यानेजमेन्ट २ हजार ८ सय ५० रुपैयाँ
अन्य शुल्क
विज्ञान ः १५ हजार रुपैयाँ,
व्यवस्थापन ः १० हजार रुपैयाँ भवन ः भाडामा, क्षेत्रफल ः १३ कट्ठा
मेरिल्यान्ड सेकेन्डरी स्कुल, मोरङ
व्यवस्थापन संकाय मात्र पढाइ हुने विराटनगरस्थित मेरिल्यान्ड मावि पूर्व क्षेत्रकै अब्बल माविमा पर्छ । २०६९ सालमा विराटनगरमा सञ्चालनमा आएको मेरिल्यान्डले प्रत्येक वर्ष उत्कृष्ट नतिजा प्रदान गर्दै आएको छ । प्रविधिमैक्री शिक्षा, आवश्यकताअनुसार अत्तिरिक्त कक्षा, परियोजनामा आधरित कार्यजस्ता गतिविधिका कारण मेरिल्यान्ड उत्कृष्ट नतिजा दिन सक्षम भएको प्राचार्य लक्ष्मण ढकाल बताउँछन् ।
सिट संख्या
व्यवस्थापन ः ८ सय १०
भर्ना शुल्क
२ हजार रुपैयाँ
मासिक शुल्क
३ हजार ५ सय रुपैयाँ,
अन्य शुल्क
१८ हजार ५ सय रुपैयाँ
भवन ः आफ्नै भवन
क्षेत्रफल ः ८ कठ्ठा
सेन्ट जेभियर्स कलेज, काठमाडौं
विज्ञान संकाय मात्र अध्यापन गराउने काठमाडौं माइतीघरस्थित सेन्ट जेभियर्स कलेज काठमाडौंका अब्बल माविमा पर्छ । कलेजका सूचना अधिकृत मुरली शर्मा पढाइमा निरन्तरता, बिदामा कमी, उच्चस्तरको फ्याकल्टीलाई निरन्तर अब्बल नतिजाको प्रमुख कारण मान्छन् । ‘यसबाहेक आधुनिक प्रयोगशाला, तीन–तीन महिनामा परीक्षा हाम्रो अब्बल नतिजाको प्रमुख कारण हो,’ शर्मा भन्छन् । फाठ्यक्रममा आधारित विषयवस्तुका साथै अतिरित्त क्रियाकलाप एवं काउन्सिलिङमा पनि कलेजले उत्तिकै ध्यान दिँदै आएको छ ।
सिट संख्या
विज्ञान ः ५ सय ४ (बायोलोजी ः ३ सय ३६/फिजिक्स ः १ सय ६८)
वार्षिक शुल्क
९९ हजार ३ सय
भवन ः आफ्नै जग्गामा
क्षेत्रफल ः १४ रोपनी
तिलोत्तमा सेकेन्डरी स्कुल, रुपन्देही
बुटवल क्षेत्रको अग्रणी मावि हो— तिलोत्तमा । प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको यो माविमा विज्ञान र व्यवस्थापन अध्यापन हुन्छ । उच्च शिक्षा अध्ययन गर्न जिल्ला छोड्ने दर बढी रहेका बेला विद्यार्थीहरूलाई आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ यो विद्यालय स्थापना गरिएको संस्थापक प्राचार्य प्रा डा. आरसी आचार्यले बताए । यो विद्यालयमा ३ सिफ्टमा पढाइ हुन्छ । यो विद्यालय महेन्द्रनगरदेखि जनकपुर–सिराहासम्मका विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । विद्यार्थीको रुचीलाई ध्यान दिएर प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु नै यो उच्च माविको सफलताको रहस्य हो ।
सिट संख्या
विज्ञान ः ६ सय ५०, व्यवस्थापन ः १ सय ७५
भर्ना शुल्क
विज्ञान ः ४० हजार रुपैयाँ
व्यवस्थापन ः २५ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञानः ४ हजार २ सय ५० रुपैयाँ
व्यवस्थापन ः ३ हजार रुपैयाँ
अन्य शुल्क
विज्ञान ः २१ सय रुपैयाँ (तीन त्रैमासिक परीक्षा)
व्यवस्थापन ः २१ सय रुपैयाँ (तीन त्रैमासिक परीक्षा)
भवन ः आफ्नै, क्षेत्रफल ः १३ कठ्ठा
लिटिल एन्जल्स स्कुल, ललितपुर
ललितपुर हात्तिवनस्थित लिटिल एन्जल्स सेकेन्डरी स्कुल देशकै अब्बल माविमध्ये एक हो । विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुने यो मावि शैक्षिक गुणस्तर, उत्कृष्ट भौतिक पूर्वाधार, शान्तिपूर्ण वातावरणमा अध्ययन/अध्यापन लगायतका कुराले अब्बलताको सुचीमा अटाएको विद्यालयका निमित्त प्रिन्सिपल कृष्णदत्त अवस्थीले बताए । अवस्थी भन्छन्, ‘त्यसबाहेक कमजोर विद्यार्थीका लागि विशेष कक्षा, औपचारिक कक्षाका साथै आइएलटिएस, पब्लिक स्फिकिङ, नेतृत्व विकासलगायत अतिरिक्त त्रियाकलाप कलेजको अब्बल नतिजाको मुख्य कारण हो ।’
सिट संख्या
विज्ञान ः ३ सय २५
व्यवस्थापन ः २ सय २५
भर्ना शुल्क
विज्ञान ः १५ हजार रुपैयाँ
व्यवस्थापन ः १२ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान ः ७ हजार बिहानी सत्र, ६ हजार ५ सय दिवा सत्र
व्यवस्थापन ः ६ हजार ७ बिहानी सत्र, ६ हजार २ सय दिवा सत्र
अन्य शुल्क
विज्ञान ः २२ हजार रुपैयाँ
व्यवस्थापन ः १८ हजार रुपैयाँ
भवन ः आफ्नै जग्गामा
क्षेत्रफल ः ३ सय ५० रोपनी
काठमाडौं बर्नहार्ट सेकेन्डरी स्कुल, काठमाडौं
बर्नहार्ट कलेजले विद्यार्थीलाई संख्याका रूपमा भन्दा पनि नामका रूपमा लिन्छ । कलेजको चुस्त व्यवस्थापन, लामो शैक्षिक अनुभव, विद्यार्थीको मेहनेत र शिक्षकको विद्यार्थीप्रतिको विश्वासका कारण नतिजा पनि अब्बल आउने स्कुलका निर्देशक भुपेन्द्र छत्रखुली बताउँछन् । यो कलेजमा सुविधासम्पन्न भौतिक संरचना र पर्याप्त प्रयोशाला भएको उनले बताए ।
सिट संख्या
विज्ञान ः ६ सय,
व्यवस्थापन ः ४ सय
मानविकी ः १ सय २०
भर्ना शुल्क
विज्ञान ः २० हजार रुपैयाँ
व्यवस्थापन ः १५ हजार रुपैयाँ
मानविकी ः १५ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान ः ५ हजार रुपैयाँ
व्यवस्थापन ः ३ हजार ५ सय रुपैयाँ
मानविकी ः ३ हजार ३ सय रुपैयाँ
अन्य शुल्क
विज्ञान ः २० हजार रुपैयाँ
व्यवस्थापन ः १५ हजार रुपैयाँ
मानविकी १५ हजार रुपैयाँ
भवन ः आफ्नै , क्षेत्रफल ः ८ रोपनी
ख्वप सेकेण्डरी स्कुल, भक्तपुर
टिमवर्क तथा व्यक्तिगत तहमा निगरानी गर्ने परिपाटीले ख्वप सेकेन्डरी स्कुललाई अब्बल मावि बनाएको हो । ६५ जिल्लाका विद्यार्थीलाई अध्यापन गराइरहेको ख्वफले विद्यार्थीहरूको हेरचाहमा विशेष ध्यान दिने गरेको छ । यो माविले विद्यार्थीहरूका लागि अतिरिक्त त्रियाकलाप, मनोवैज्ञानिक परामर्शजस्ता सेवाहरू पनि प्रदान गर्दै आएको छ । इन्ट्रासमार्फत विद्यार्थीहरूलाई भर्ना लिने ख्वपले इन्ट्रान्सलाई आधार बनाएर विभिन्न क्याटागोरीमा छात्रवृत्ति समेत प्रदान गर्छ ।
सिट संख्या ः
विज्ञान ः ५ सय ५२, व्यवस्थापन ः ५ सय ५२, मानविकी ः १ सय ३५, कानुन ः ४५, शिक्षा ः ४५
भर्ना शुल्क ः
सबै संकायमा ः ६ हजार ५ सय रुपैयाँ
शिक्षा ः ३ हजार ५ सय रुपैयाँ
मासिक शुल्क ः
विज्ञान ः २ हजार २ सय ५० रुपैयाँ
व्यवस्थापन ः १ हजार ४ सय ५० रुपैयाँ
मानविकी ः १ हजार ४ सय ५० रुपैयाँ
कानुन ः १ हजार ४ सय ५० रुपैयाँ
शिक्षा ः ९ सय रुपैयाँ
अन्य शुल्क ः
विज्ञान ः २१ हजार ५ सय रुपैया
व्यवस्थापन ः १० हजार १ सय रुपैयाँ
मानविकी ः १० हजार १ सय रुपैयाँ
कानुन ः १० हजार १ सय रुपैयाँ
शिक्षा ः ५ हजार ७ सय रुपैयाँ
भवन ः नगरपालिकाबाट सञ्चालित
क्षेत्रफल ः २३ रोपनी