नाचघरमा गुन्जिए बुद्धवीरका शब्द

- साप्ताहिक संवाददाता

असार २३, २०७६

चर्चित गीतकार बुद्धवीर लामाको ९ औँ एकल साँझ सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न एकल साँझमा चर्चित गायक गायिकाले लामाका गीत गाएका थिए । 

करिव करिब ४ घन्टा चलेको कार्यक्रममा गीतकार लामाका शब्द र नारायण लामा र प्रमिला लामाको स्वर रहेको ‘कागको फुल चोर्ने’ र रमेश बोखिम राईको स्वर संगीत रहेको ‘मैच्याङ’ नाम दुई एल्बम समेत बिमोचन गरिएको थियो ।  

कार्यक्रममा चन्द्रकुमार दोङले ‘नौ महिना कोखमा’, सत्यकला राईले ‘आइडी काडैले’, मनोज राईले बिनायो, शम्भु राइले ‘चलेछ बतास बोलको गीत प्रस्तुत गर्दा कुन्ती मोक्तान, रमेश बोखिम राई, नारायण लामा, प्रमिला लामा लगायतले नयाँ रेकर्ड गरिएका गीत प्रस्तुत गरेका थिए ।

आफ्ना लोकप्रिय गीत लगातार सुन्न चाहने गीत संगीत प्रेमीको चाहना पुरा गर्न आफुले बिगत ९ बर्षदेखि एकल साँझलाई निरन्तरता दिदै आएको गीतकार लामाले बताए । नियमित रुपमा एकल साँझ गर्ने गीतकार आफुनै पहिलो भएको उनको भनाई थियो ।

गीतकार लामालाई यस वर्षको  ‘छिन्नलता पुरस्कार’बाट सम्मानित गरिदै छ । 

प्रकाशित :असार २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्