कस्ता कलेज रोज्ने  ?

- लक्ष्मी भण्डारी

असार २४, २०७६

स्विमिङ पुल, वातानुकूलित कक्षाकोठा, एड्भेन्चरस ट्रेलका सम्पूर्ण साधनको उपलब्धता, आकर्षक ल्याब अनि महँगो शुल्क लिइने लक्जरियस कलेजहरूलाई उत्तम मानिने परिपाटी मौलाउँदै गएको छ । भौतिक सुविधा सम्पन्न कलेज राम्रा भन्ने अविभावकहरूको ‘माइन्ड सेट’ परिवर्तन गर्न अझैं दशक लाग्न सक्छ । कतिपय अभिभावकको सोचमा ठूला भवन र महँगो शैक्षिक शुल्क हुनेबित्तिकै ती कलेज राम्रा हुन्छन् भन्ने धारणा बसिसकेको छ, तर कतिपय कलेजका प्राध्यापक भने यो विषयमा फरक धारणा राख्छन् । विभिन्न सेवा–सुविधाका अतिरिक्त कलेज राम्रो हुन कलेजको ऐतिहासिक पृष्ठभूमि, दक्ष शिक्षक, पास आउट विद्यार्थीको प्रतिक्रिया, को–करिकुलम र ईसिएलगायतका कुराले कलेजको शैक्षिक गतिविधिलाई बलियो बनाउने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने उनीहरूको अनुभवले बताउँछ । अहिले नेपालमा एक हजारभन्दा बढी प्लस टु कलेज सञ्चालनमा छन् । यस्तो अवस्थामा राम्रा कलेज कसरी छान्ने अर्थात् कस्ता कलेज वास्तवमै पठन–पाठनका लागि राम्रा हुन् त ? भन्ने दुविधा र अन्यौल हुनु स्वाभाविक हो । एसईई परीक्षा उत्तीर्ण विद्यार्थी र तिनका अविभावकहरूलाई स्कुल–कलेज छनौटका लागि केही कलेजका प्रधानाध्यापकले साप्ताहिकमार्फत केही सहयोगी जानकारी दिएका छन् । 

मनोज राई 

सह–प्राध्यापक, मेरिल्यान्ड बोर्डिङ स्कुल, धरान

पहिलो कुरा आफू कुन विषयमा अब्बल छ सोही अनुसारको कलेज हेर्नुपर्छ । विभिन्न टेक्निकल कलेजहरू छन्, आफू जेमा सक्षम हो सोही विषयमा दक्षता हासिल गर्न सकिने शैक्षिक संस्था छान्नुपर्छ । ठूला र आकर्षक सुविधाले मात्र कलेज राम्रो हुन्छ भन्ने मलाई लाग्दैन । मुख्यत व्यवहारिक ज्ञान, सीप र संस्कार सिकाउन सक्ने शैक्षिक संस्था नै राम्रा हुन । कलेजमा टिमवर्कले ठूलो भूमिका खेल्छ । बलियो शैक्षिक टिम, रिजल्ट आदि धेरै कुरा हुन्छन्, तर आजभोलि प्लस टु कलेज व्यापारीकरण भैरहेका छन् । ठूलो रकम लिएर सर्ट–टर्म कोर्स दिएर विद्यार्थीलाई विदेश लाने लहड पनि चलिरहेको छ । यसलाई रोक्न सरकारी तवरबाट कलेज अनुगमन हुनुपर्छ, मापदण्ड छुट्याएर सोही अनुरुप स्वीकृति दिनुपर्छ । आन्तरिक परिक्षा पनि कस्तो तरिकाले लिइरहेको छ, पारदर्शी छ कि छैन ? नियमन गर्नु आवश्यक हुन्छ । कलेज राम्रो हुन प्राक्टिकल विषयका ल्याव, विद्यार्थीमा अनुशासन, ईसिए, को–करिकुलम आदि पनि अत्यावश्यक कुरा हुन् । 

कलेज छान्दा कलेजको ऐतिहासिक पृष्ठभूमि, वर्तमान स्थिति तथा त्यहाँको नतिजा हेर्नुपर्छ । कस्तो शिक्षा दिइरहेको छ, त्यो कलेजमा कुन विषय उत्कृष्ट छ आदि कुरामा ध्यान पुर्‍याउनुपर्छ । हावर्डको पनि मेडिकल विषय संसारमा टप र्‍याङकिङमा छैन । विषयको विशिष्ठता भएको कलेज हेर्नुपर्छ । पाठ्यक्रम मात्र पढाउने र नतिजालाई मात्र ध्यान दिने कलेज, कलेज होइन कोचिङ सेन्टर हो । यो एक्काइसौं शताब्दीमा एकांकी विद्यार्थी भनेका खोटा सिक्काजस्तै हुन् । शैक्षिक संस्थामा पूर्वाधार राम्रो चाहिन्छ नै, तर पूर्वाधारका नाममा तीन गुणा बढी शुल्क उठाउनु विशुद्ध व्यापार हो । अहिले ग्रेडिङ सिस्टमले चलखेललाई कम गर्छ । नतिजाले र्‍याङकिङ मात्र गर्थ्यो तर अहिलेको ग्रेडिङ प्रणालीमा विद्यार्थीको सर्वांगीण विकास गर्न खोजिएको छ । राम्रा शिक्षक र सुविधा कलेजका लागि आवश्यक र प्रारम्भिक पूर्वाधार हुन् । कलेज राम्रो बनाउन टिचर्स प्रोफेसनल ट्रेनिङ तथा विद्यार्थीलाई नोट नलेखाउने ट्रेन्ड हुनुपर्छ । विद्यार्थीलाई क्रिएटिभ बनाउने र उनीहरू रुचिको विषयमा केन्द्रित गराउने कार्यक्रम सञ्चालन हुनुपर्छ । कलेज विद्यार्थी केन्द्रित, इनोभेसन (प्रवर्द्धन), डिआई नराख्ने आत्मअनुशासित बनाउने, समानुभुति, लगाव तथा गौरवजस्ता आधारभूत मूल्य–मान्यतामा केन्द्रित हुनुपर्छ । 

युवराज शर्मा

प्रिन्सिपल, ह्वाइट हाउस कलेज

हल्लाखल्ला गरेर मात्र कलेज राम्रो हुने होइन । सर्वप्रथम त कलेजको संकाय, त्यहाँभित्रको आवश्यक पूर्वाधार र निरन्तरको नतिजा के–कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले त कलेजको आन्तरिक क्षमता भन्दा पनि कुन मन्क्री, कुन नेता, कुन निकायमा निर्णायक व्यत्तिको तस्बिर टाँसेको छ, त्यो हेर्न थालिएको छ जुन पब्लिसिटी स्टन्ट मात्र हो । विद्यार्थी लगे वापत कमिशन दिने, ब्रिज कोर्स चलाएर पैसा मात्र बटुल्ने जस्ता प्रवृत्तिले शिक्षा क्षेत्रलाई व्यापारीकरण गरेको छ । यस्तो गलत परिपाटीलाई न्यूनीकरण गर्न उच्च माध्यमिक शिक्षा परिषद, शिक्षा विभागलगायतका सरकारी निकायबाटै न्यूनतम मापदण्ड तोकिदिएर नियमित अनुगमन भैरहनुपर्छ । भौतिक पूर्वाधार राम्रो हुनुपर्छ, प्रविधियुक्त ल्याब हुनुपर्छ । अनुभवी र दक्ष शिक्षक समूह अर्को आवश्यकता हो । पढाएर बुझाउने होइन कि बुझाएर पढाउने शिक्षक हुनुपर्छ भने संस्कार र अनुशासन पनि उत्तिकै जरुरी छ ।

अशोक पालिखे

अध्यक्ष, कुमुदिनी होम, गैरापाटन, पोखरा

कस्तो कलेज छान्ने भन्ने कुरा दुविधाको विषय हो । लामो समयदेखि ऐतिहासिक पृष्ठभूमि बनाएका, प्राज्ञ प्रिन्सिपल तथा दक्ष शिक्षकहरूद्धारा नेतृत्व लिइएका शैक्षिक संस्थाहरू जहाँका विद्यार्थीहरू पासआउटपश्चात् आफ्ना क्षेत्रमा अब्बल र दक्ष, राष्ट्रिय–अन्तराष्ट्रिय युनिभर्सिटीहरूमा छाक्रबृत्तिमा अध्ययन गरिरहेका जनशत्ति उत्पादन भैरहेका छन् त्यस्ता शैक्षिक संस्था छान्नुपर्छ । भौतिक पूर्वाधार मात्र होइन एकेडेमिक पूर्वाधार बलियो भएका कलेज छनौट गर्नुपर्छ । महँगो शुल्क तिर्दैमा राम्रो पढाइ हुन्छ भन्ने होइन दक्षता हासिल गर्न सक्ने अवसर पनि छोप्नुपर्छ । पूर्वाधारयुक्त कलेजमा सुविधा मात्र इन्जोय गर्ने तर बौद्धिताको हिसाबले पछाडि पर्न सक्ने सम्भावना पनि हुन्छ । अहिले पावर प्वाइन्ट प्रिजेन्टेसन, पेपरलेस प्राणालीको विकास भएको छ, जुन राम्रो हो । विद्यार्थीहरूलाई शारीरिक रूपमा स्वस्थ रहन फनि अतिरिक्त त्रियाकलाप आवश्यक छ । रिजल्ट पारदर्शी हुनुपर्छ जुन कलेज राम्रो हुनका लागि नोटिस योग्य होस् । एकेडेमिक डिग्री नभएका शिक्षकहरू राखिनु भएन, राम्रा र सुविधायुक्त 

ल्याब तथा कक्षाकोठा लगायत निजी कलेजका हकमा सरकारको नीति पनि स्पष्ट हुनुपर्छ ।

नवराज पाण्डे

अध्यक्ष, नोबेल कलेज, सिनामंगल

कलेज छनौट गर्दा शिक्षकको टिम र दक्षता, त्यहाँबाट पास आउट भएर जाने विद्यार्थीहरूको सुझाव एवं फ्रतिक्रियाका साथै शैक्षिक शुल्कलगायत अतिरित्त क्रियाकपालमा ध्यान दिनुपर्छ । अहिले महँगा तथा पूर्वाधारयुक्त कलेज मात्र राम्रा हुन्छन् भन्ने सोच बढिरहेको छ, तर मलाई लाग्दैन कि यति हुँदैमा गुणस्तरीय शिक्षा पूरा हुन्छ । कलेज छान्दा डायनामिक तथा दक्ष शिक्षक, पढाइने तौरतरिका, केयरिङ र गाइडेन्स, अनुशासनजस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । पैसासँग शिक्षाको तुलना हुन सक्दैन । शैक्षिक जग बलियो हुने भनेको गुणस्तरीय शैक्षिक प्राणाली र अभ्यासले नै हो । जुन कलेज को–करिकुलम एक्टिभिटिज ( पाठ्यक्रमभिक्रै रहेर गरिने अतिरित्त क्रियाकलाप) तथा इसिए (फाठ्यक्रम बाहिरका त्रियाकलापहरू) मा केन्द्रित छन्, ती राम्रा कलेज मानिन्छन् ।

अम्बिकाराज पौडेल

प्रिन्सिपल, ओरियन्ट स्कुल अफ साइन्स एन्ड म्यानेजमेन्ट, बसुन्धरा

भौतिक पूर्वाधार ठूलो कुरा होइन, यो बाहिरी वातावरण मात्र हो । स्पष्ट लक्ष्य भएका अनुभवी तथा विषय पारंगत शिक्षकहरूद्वारा सञ्चालित एवं अध्यापन गराइने शैक्षिक संस्था नै छनौट गर्नुपर्छ । कलेज छनौटको दुईवटा मापदण्ड बनाउनुपर्छ । पहिलो वार्षिक परीक्षामा विद्यार्थीहरूको समग्र नतिजा कस्तो छ र दोस्रो सम्बन्धित शैक्षिक संस्थाबाट प्लस टु उत्तीर्ण भएर गएका विद्यार्थीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा थप अध्ययनका लागि छात्रवृत्ति पाएको वा प्रवेश परीक्षामा धेरै संख्यामा नाम निकालेर अध्ययन गर्न सफल भएको स्थिति । यही नतिजाले सम्बन्धित शैक्षिक संस्थाको गुणस्तर मापन गर्छ । नियमित प्रक्रियामा पारिवारिक वातावरणमा विद्यार्थीको समग्र विकासको फाटोमा अतिरिक्त त्रियाकलापमार्फत कसरी विद्यार्थीहरूलाई सहभागी गराएर उत्प्रेरणा र ऊर्जा दिइन्छ त्यो कुरालाई पनि शैक्षिक संस्था छनौटको आधार बनाउनुपर्छ । पढाइका अतिरिक्त अन्य कुरामा अब्बल बनाउन आवश्यक पूर्वाधार पनि आवश्यक हुन्छ । विद्यार्थीलाई व्यक्तिगत पृष्ठपोषण र घरेलु वातावरणमा राख्नुका साथै विझिन्न अतिरिक्त त्रियाकलापमा सहभागी गराएर उनीहरूलाई पाठ्यक्रममा मात्र सीमित नगरी चौतर्फी विकासमा ध्यानु उत्कृष्ट कलेजहरूको विशेषता हो । 

लावण्यप्रसाद ढुंगाना

प्रिन्सिपल, ओमेगा कलेज

उत्तम कलेज हुन

    बलियो एकेडेमिक पूर्वाधार 

    दक्ष, विषयगत रूपमा निपुण तथा निरन्तर अध्यापन गराइरहेका शिक्षक टिम

    पासआउट विद्यार्थीको स्तर (स्टाटस)

    व्यवहारिक एवं उपयोगी शैक्षिक सामग्री

    प्रभावकारी र पारदर्शी आन्तरिक परीक्षा प्राणाली

    स्वच्छ एवं पारदर्शी नतिजा

    अनुशासन

    डान्स, म्युजिक, कम्प्युटर, साइन्सलगायतका टेक्निकल विषयका लागि राम्रो ल्याव

    आकर्षक भौतिक पूर्वाधार ।

प्रकाशित :असार २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्