विवाहको  चिन्ता किन ? 

- साप्ताहिक संवाददाता

असार २४, २०७६

अभिनेता आयुष्मान देशराज जोशीलाई अचेल सार्वजनिक समारोहमा सहभागिता जनाउन मन लाग्दैन । जहाँ पुगे पनि उनलाई सञ्चारकर्मीहरूले एउटै जिज्ञासा राखेर हैरान पार्छन् । ‘असारमा विवाह हुने कुरा थियो, किन भएन ?’ साप्ताहिकसंगको पछिल्लो भेटमा आयुष्मानले गुनासो गरे— ‘विवाह भन्ने कुरा त्यति सहजै हुने विषय होइन ।

घडी, पला, मंगल सबै जुराउनुपर्छ । तीनै कुरा यो असारमा नजुरेकाले हाम्रो विवाहको मिति तय गर्न बाँकी भएको हो ।’ आयुष्मानले सञ्चारकर्मीहरूलाई आफ्नो विवाहका बारेमा अनावश्यक चिन्ता नगर्न आग्रहसमेत गरे । ‘म र प्रियंका एक–अर्कालाई असाध्यै माया गर्छौं, सञ्चारकर्मीहरूले हाम्रो माया अझै बढोस् भन्ने कामना गरिदिए पुग्छ, आयुष्मानको भनाइ छ— ‘विवाह नै सबै कुरा होइन ।

विवाह नगर्दा पनि हाम्रो माया घटेको छैन, घट्दा पनि घट्दैन । त्यसैले म सबैलाई के आग्रह गर्न चाहन्छु भने हाम्रो विवाह राम्रो लगन आएपछि अवश्य हुन्छ ।’ त्यसो त आयुष्मानले विवाहका लागि ठूलो बजेट चाहिने भएकाले अहिले आफू त्यसैको जोहोमा व्यस्त रहेको समेत बताए । 

प्रकाशित :असार २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्