साप्ताहिक संवाददाता
मनोरञ्जन क्षेत्रमा एउटी नयाँ कलाकारको उदय भएको छ, जो अभिनय मात्र गर्दिनन्, कोरियोग्राफीदेखि निर्देशनसम्म भ्याइरहेकी छिन् । उनी हुन्— मीना लामा । हर्के हल्दार, झ्यानाकुटी झ्याइँ, जय होस्, घरबेटी बा, उल्टो–सुल्टो जस्ता हास्य श्रृंखलामा अभिनय गरिसकेकी मीनाले अभिनयबाट हासिल गरेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने निर्णय गरेकी छिन् ।
त्यसका लागि उनले म्युजिक भिडियोलाई माध्यम बनाइन् । यसबीच उनले आधा दर्जनभन्दा बढी गीतका म्युजिक भिडियो निर्देशन गरिसकेकी छिन् । मीना यतिमै सीमित छैनन् । उनले एक दर्जनजति गीतका शब्द रचना गरेकी छिन् भने आफैंले संगीत समेत भरेकी छिन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय समेत गरेकी मीनाले थुप्रै स्टेज कार्यक्रममा अभिनय तथा नृत्य प्रस्तुत गर्दै आएकी छिन् । करिब एक दशकदेखि मनोरञ्जन क्षेक्रमा सत्रिय मीनाले भविष्यमा चलचित्रको निर्देशन गर्ने सपना देखेकी छिन् ।