साप्ताहिक संवाददाता
असार २५, २०७६
समुन्द्रको जीवन कस्तो हुन्छ भन्ने कुरामा अझै पनि खोज जारी छ । रसियाका ३९ वर्षका रोमान फेडोर्टसोभ माछा मारेर जीविकोपार्जन गर्छन् । उनी समुन्द्रको तल्लो भागमा पुगेर माछा मार्ने काम गर्छन् ।
यसैक्रममा उनले जालमा पारेका समुन्द्रका भित्री जीवहरूको तस्बिर प्रस्तुत गरेका छन् । ती जीवमध्ये कतिपयको नाम नै छैन, किनभने ती जीव पहिलो पटक मानव संसारमा देखिएका हुन् ।
उनले ती अधिकांश माछा एटलान्टिक महासागरमा समाएका थिए ।