साप्ताहिक संवाददाता
असार २५, २०७६
गीतकार अशोककुमार तामाङ आधुनिक गीति एल्वम ‘मातृभूमि’ लिएर बजारमा आएका छन् । राष्ट्रिय नाचघरमा आयोजना भएको मिस एण्ड मिसेस जनजाती आदिवासीको ग्राण्ड फिनालेको अवसर उक्त गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो ।
पूर्वसभामुख ओनसरी घर्तिमगर, वरिष्ठ नायक सरोज खनाल, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका तथा समाजसेवी शान्ता तामाङ तथा गीतकार अशोककुमार तामाङलगायतले विमोचन एल्वम सार्वजनिक गरेका थिए ।
एल्वममा ‘हजार गल्ती’, ‘हाम्रो माया’, ‘विदेशमा छु’, ‘एक अञ्जुली’ लगायतका ६ गीत संग्रहित छन् । तामाङ्का गीतमा अञ्जु पन्त, मेलिना राई, बुद्ध लामा र सूर्य दयालुको स्वर दिएका छन् । फरक फरक स्वादमा गीत समावेश भएको एल्वमलाई अरोमा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । एल्वमका गीतमा सूर्य दयालुको सङ्गीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।